८ वैशाख २०८१ शनिबार
राजनीति

संसदमा पेश भएन महाअभियोग प्रस्ताव

काठमाडौं–बिहीबार १ बजेकालागि बोलाइएको व्यवस्थापिका संसद बैठक बस्दै नबसी स्थगित भएको छ। बुधबार अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव  संसदमा पेश गर्ने  कार्यसूचि थियो। तर संसद सचिवालयले आइतबार ११ बजेसम्मकालागि व्यवस्थापिका संसद बैठक स्थगित गरेको हो। विशेष परिस्थितिले बैठक स्थगित भएकाे सभामुख अाेनसरी घर्तीका प्रेस सल्लाहकार वविन शर्माले जानकारी दिए। यसैबीच विशेष राजनीतिक कारण भन्दै सभामुख अाेनसरी घर्तीकाे जेनेभा भ्रमणसमेत स्थगित भएकाे छ। सभामुख शुक्रकार जेनेभा जाने कार्यकम थियाे।

 

प्रकाशित: ४ कार्तिक २०७३ ०७:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App