८ वैशाख २०८१ शनिबार
खेल

सरस्वती र आशिषलाई दोस्रो स्वर्ण

अनिल मल्ल ठकुरी/देवेन्द्र बस्नेत
दाङ - त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरी र एपिएफ क्लबका आशिष चौधरीले जारी आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्समा दोस्रो स्वर्ण जितेका छन्।

दाङको बेलझुन्डी रंगशालामा शनिबार भएको २ सय मिटर दौडमा स्वर्ण जित्दै आर्मीका सरस्वतीले महिलामा र पुरुषतर्फ एपिएफका आशिषले ट्य्राक प्रतिस्पर्धामा आआफ्ना विभागलाई दोस्रो सफलता दिलाएका हुन्। यसअघि भएको सय मिटर दौडमा पनि यी दुवैले स्वर्ण जितेका थिए। महिलातर्फको २ सय मिटरमा सरस्वतीले २६.२६ सेकेन्डमा दौड पूरा गरिन्। प्रदेश–५ की जयरानी चौधरीले २६ः३६ सेकेन्डमा उक्त दूरी पार गरे पनि रजत पदकमै सीमित भइन्।

आर्मीकै कृष्णा चौधरीले कांस्य पदक जित्दा २६.६५ सेकेन्ड समय लगाइन्। सोही दूरीको पुरुषतर्पm स्वर्ण जितेका आशिषले २१.८३ सेकेन्ड समय लगाए। आर्मीका अभिशेक चौधरीले २२.४६ सेकेन्डका साथ रजत जित्दा गण्डकी प्रदेशका प्रकाश रानामगरले २२.५१ सेकेन्ड समयमा कांस्य पदक जित्न सफल भए। हाइजम्पततर्फ पुरुषमा आर्मीका सूर्यबहादुर खत्री र महिलामा एपिएफकी शीला चौधरीले स्वर्ण पदक जित्न सफल भए। सूर्यबहादुर १.८५ मिटर उचाइ उफ्रिँदा रजत पदक विजेता नेपाल पुलिसका गोपाल चौधरी १.७५ मिटर उचाइसम्म सफल भए। प्रदेश–३ का विकास खाँड ठकुरी १.७० मिटर उचाइ उफ्रेर कांस्य पदक जिते।

महिलामा स्वर्ण विजेता शीला १.५० मिटर उचाइ उफ्रिन सफल भइन्। आर्मीकी खगिता सिञ्जाली १.४८ मिटर उचाइमा रजत पदक जित्न सफल भइन्। समान १.३५ मिटर उचाइ उफ्रिएका प्रदेश–१ की विन्दु चौधरी र प्रदेश–५ की अनिता चौधरी संयुक्त रूपमा कांस्य पदक जित्न सफल भए।

चन्द्रकला असफल
यसअघि जारी आठौं राष्ट्रिय खेलकुदको फिल्डतर्पm दुई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण विजेता नेपाल पुलिसकी चन्द्रकला लाम्गादे बेलझुन्डी रंगशालामा शनिबार नै भएको डिसकसमा असफल भइन्। चन्द्रकलालले यसअघि जाभ्लिन थ्रो र सटपुटमा आपैmँले बनाएको राष्ट्रिय कीर्तिमान सुधार गरेकी थिइन्। तर, शनिबारको डिसकसमा भने चौथो स्थानमा सीमित भइन्। उक्त विधामा आर्मीकी अमृत महतोले स्वर्ण जित्न डिसकसलाई ३६.०३ मिटर पर फालिन्। प्रदेश–५ की संगिता अधिकारीले रजत र एपिएफकी जितकुमारी महतोले कांस्य पदक जिते।
डिसकसलाई संगीताले ३२.८० मिटर र जितकुमारीले ३१.८५ मिटर टाढा फाल्न सफल भएका थिए। सोही विधाको पुरुषतर्पm आर्मीका चित्रबहादुर ओलीले स्वर्ण, पुलिसका पुस्कल खड्का र प्रदेश–१ का रन्जिल श्रेष्ठले कांस्य पदक जिते। डिसकस थ्रोमा चित्रबहादुरले ३७.०२ मिटर, पुस्कलले ३३.५० मिटर र रन्जिलले ३२.६५ मिटर फालेका थिए।

मन्डेकाजीलाई स्वर्ण
नेपाल पुलिस क्लबका मन्डेकाजी श्रेष्ठले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत करातेको पुरुष कातामा स्वर्ण जितेका छन्। तुल्सीपुरस्थित कराते हलमा शनिबार भएको पुरुष एकल कातामा चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मीका पर्शुराम बास्तोला र सुदूरपश्चिम प्रदेशका ललित खत्रीलाई स्तब्ध बनाउँदै मन्डेकाजीले स्वर्ण जितेका हुन्। सुदूरका ललितले रजत जित्दा पर्शुराम र एपिएफका अनिल चौधरीले संयुक्त रूपमा कांस्य पदकमै चित्त बुझाए।

पुलिसकै चञ्चला दनुवारले पनि महिला कातामा स्वर्ण जितिन्। चञ्चलाले एनआरएनएकी सुभद्रा श्रेष्ठलाई स्तब्ध बनाइन्। सोही विधामा एपिएफकी प्रतीक्षा पाख्रिन र आर्मीकी संगीता मगरले संयुक्त रूपमा कांस्य पदक जिते। यसै गरी पुरुष टिम कातामा आर्मीले स्वर्ण जित्दा महिलामा भने पुलिस भाग्यमानी ठहरियो। पुरुष कातामा पुलिसले रजत पदक जित्यो भने सुदूरपश्चिम र कर्णाली प्रदेशले कांस्यमा चित्त बुझाए। महिला टिम कातामा आर्मीले रजत जित्यो। यसै गरी प्रदेश १ र गण्डकी प्रदेशले कांस्य जिते।

गण्डकी बाहिरियो
 दाङमा जारी महिला क्रिकेट प्रतियोगीतामा गण्डकी प्रदेश बाहिरिएको छ। आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबार लमहीमा भएको प्रतियोगितामा प्रदेश १ ले गण्डकीलाई  १० विकेटले हराएको हो। निर्धारित २० ओभरमा गण्डकी  १३.३ ओभर खेल्दै जम्मा २५ रन बनाई अलआउट भयो। २६ रनको लक्ष्यका साथ ब्याटिङमा उत्रिएको प्रदेश १ ले २.४ ओभरमा जित निकाल्यो। प्रदेश १ लाई जित दिलाउन रुविना क्षत्रीले १८  तथा काजोल श्रेष्ठले ८ रनको अविजित योगदान दिए। जितसँगै प्रदेश १ समूहविजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

प्रकाशित: ८ वैशाख २०७६ ००:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App