७ वैशाख २०८१ शुक्रबार
खेल

च्याम्पियन्स लिगमा हारेकाे बदला लियाे सिटीले, उपाधि भिडन्त झनै राेमाञ्चक

काठमाडाैं - प्रिमियर लिगको शीर्ष स्थानमा म्याचेस्टर सिटी उक्लिएको छ। घरेलु मैदानमा उसले लिगको तेस्रो स्थानमा रहेको टोटह्यामलाई  १-० ले हराएको छ। 

केहीबेर अघिसम्पन्न खेलमा सिटीले दुई दिनअघि च्याम्पियन्स लिगमा बेहोरेको हारको बदला पनि लिएको छ। सिटीका लागि पहिलो हाफको पाँचौं मिनेटमै फिल फोडेन गोल गरेका हुन्। साेही गाेल नै सिटीकाे जितका लागि पर्याप्त रह्याे।

सिटीले च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा टोटेनहमलाई पराजित गरेको थियो। तर, पहिलो लेग १–० ले घरेलु मैदानमा हारेका कारण अवे गोलका आधारमा टोटेनहमले सेमिफाइनल  पुगेको थियो।

च्याम्पियन्स लिगकाे क्वाटरफाइनलबाटै बाहिरिएकाे सिटीले प्रिमियर लिगमामा उसै टाेली टाेटनह्यामलाइ हराएर बदला लिएकाे छ। जितसँगै ३४ खेल खेलेको सिटीको ८६ अंक भएको छ भने त्यति नै खेल खेलेको लिभरपुलको सिटीको भन्दा एक अंक कम छ सिटीकाे जितसँगे लिभरपुल दाेस्राे स्थानमा झरेकाे छ। प्रिमियरको उपाधि भिडन्त झनै रोमाञ्चक बनेको छ। 
 

प्रकाशित: ७ वैशाख २०७६ १३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App