coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रचण्ड तत्कालै प्रधानमन्त्री बन्ने सम्भावना छैन : नेता रायमाझी

काठमाडाैं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प अहिले तत्काल नखोजिएको स्पष्ट पारेका छन्। 

शनिबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै उनले भने, ‘तत्कालै प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना छैन्। प्रधानमन्त्री ओलीको अहिले विकल्प कोही छैन। यो सरकार ढाल्ने र अर्को बनाउने भन्ने अहिले कुनै सोच वा गृहकार्य भएको छैन।’

नेता रायमाझीले यही बैशाख ९ गते पार्टीको तल्लो तहको एकता सम्पन्न हुने दाबी गरे। रायमाझीले भने, ‘जनवर्गीय र स्थानीय तहको हकमा नेतृत्व टुँगो लगाउन बाँकी छ। शीर्ष तहमा गम्भिरतापूर्वक छलफल भैरहेको छ।’ यही वैशाख ९ गते नै एकताको सम्पूर्ण काम सम्पन्न भएको घोषणा हुने उनको भनाई छ। 

रायमाझीले सरकारले विकास र समृद्धिको हकमा पहिलो वर्ष जग हाल्ने काम गरेको र आगामी दिनमा जनताले अनुभुति गर्नेगरि विकास गर्ने दाबी गरे। वर्तमान सरकारले हिजोसम्म व्याप्त रहेका माफीयागिरी, अपराधिक घट्नाक्रमहरुको पर्दाफास गरेको जिकिर गर्दै उनले सरकार असफल भयो भन्ने कुरामा आफूले विश्वास नगर्ने बताए। 

वर्तमान सरकारले विकास र समृद्धिको रोडम्याप अघि सारेकोले सो लक्ष्य छिट्टै पूरा हुने उनको दाबी छ। उनले भने, ‘सरकारको मूल्यांकन त अब नयाँ बजेट ल्याएपछि सुरु हुन्छ। अब समृद्धिको पाइला कसरी चाल्छ? अनि मात्रै सरकारको मूल्यांकन यो आर्थिक वर्षको अन्तिमबाट सुरु हुन्छ।’

रायमाझीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई वार्ताको टेबुलमा ल्याउनुपर्नेमा जोड दिए। उनले भने, ‘सरकारले दमन गर्नुहुँदैन्। उनीहरुलाई पनि वार्ता तथा सहमतिको माध्यमबाट राष्ट्रिय राजनीतिमा ल्याउनुपर्छ।’

प्रकाशित: ७ वैशाख २०७६ ११:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App