६ वैशाख २०८१ बिहीबार
राजनीति

नचाहिने हल्लाको पछि नलाग्नुसः प्रधानमन्त्री ओली

रुपन्देही– प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता कायम गर्न भ्रमको खेती शुरु भएको भन्दै नचाहिने हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। देशको पहिचान बदल्ने विकासमा लागिरहँदा केही शक्तिलाई भने यो मन नपरेको उनको भनाई छ।

ओलीले ज्योतिष, धर्म र क्रान्तिका नाममा नचाहिने कुराको हल्ला फैलाउने काम भइरहेको बताए। अंग्रेज फौजलाई २ सय ४ नेपाली सेनाले पराजित गरी बिजयप्राप्त गरेको खुसियालीमा बुटवलमा शनिबार आयोजित जीतगढी विजय उत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानविरोधी गतिविधि अन्त्य गरी देशलाई समृद्ध बनाउने बताए। 

‘दुनियाँ एकातिर छ, राष्ट्र विकासमा जुटेको छ, के पाइन्छ, कहाँ पुगिन्छ? थाहा छैन। तर, उपन्द्रो गरेर क्रान्तिकारी बन्न खोज्दैछन’, उनले भने। विप्लव नेतृत्वको नेकपाप्रति संकेत गर्दै संविधान विरोधी अपराधपूर्ण क्रियाकलाप गर्ने समूहलाई विश्वास नगर्न समेत प्रधानमन्त्रीले आग्रह गरे। उनले केही नसकेर जनता भड्काउन ज्योतिष उचाल्न थालेको बताए।  माता, पिता, अंकलनाका ज्योतिष लगाएर जनता भड्काउन खोजेको भन्दै प्रधानमन्त्रीले भने, ‘दक्षिणाको लोभमा बेकारको बकबास नगर्नुस्।’ उनले ज्योतिष कहाँ नभई जनताका बीचमा जान आग्रह गरे। उनले केही शक्तिधर्मको पछि दौडेको समेत आरोप लगाए। उनले भने प्रश्न गरे, ‘धर्मकका नाममा कुद्नेहरु कति धार्मिक छन?’ 

नेपाल शासकीय अव्यवस्थाका कारण पछाडि परेको बताउँदै ओलीले अब जनताको व्यवस्था ल्याएकाले विकास र सुशासन कायम गरेरै छाड्ने बताए। उनले कर्णेल उजिर सिंह नेतृत्वको सेनाले बुटवलको जितगढीबाट अंग्रेज फौजलाई परास्त गरेर नेपालको स्वाभिमान र स्वतन्त्रता बचाउने काम गरेको बताए। नेपालीबहादुरको मात्रै नभई विद्धानहरुको पनि देश भएको बताए। मासिदै गरेका गढी र किल्लाको संरक्षणमा सरकार जुट्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाए। 

कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालले अहिलेसम्म स्वतन्त्रता दिवस नमााउनुको अर्थ कहिल्यै कसैको गुलाम नबनेको बताउँदै पूर्वदेखि पश्चिमसम्म पुर्खाको वीरताको इतिहास नयाँ पुस्तालाई चिनाउन गढी र किल्लाको संरक्षण गर्ने बताए। उनले सरकारले जीतगढी राष्ट्रियता, स्वाधिनताको प्रतिक भएकाले यसको सम्मान गर्नुपर्ने बताए। 

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जीतगढी किल्ला क्षेत्र अतिक्रमणमा परेकाले यसलाई सम्पदा क्षेत्र घोषणा गरेर विकास गर्न प्रदेश सरकार तयार रहेको बताए। 

नेपाली काँग्रेसका प्रमुख सचेतक एवं पूर्व रक्षामन्त्री बालकृष्ण खाँणले सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिननसकेको आरोप लगाए। उनले सुरक्षाको प्रत्याभूतिका लागि राजनीतिक समस्याको निकास वार्ता र संवादबाट निकाल्न सरकारलाई सुझाव समेत दिए। 

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले जीतगढी किल्ला नेपालकै किल्ला भएकाले यस क्षेत्रमा बसोबास गरेका स्थानीयलाई उचित मुआब्जा दिएर संरक्षण गरिने बताए। तत्कालीन अंग्रेजलाई दुई सय वर्षअघि पराजित गरेको खुसियालीमा बुटवल उप–महानगरपालिकाले जितगढी विजय उत्सव दिवसका रुपमा मनाउँदै छ। सम्पदा स्थल किल्ला परिसरमा दिवसको विशेष कार्यक्रम आयोजना गरिएको छ। 

दुई सय चार वर्षअघि वि.स. १८७१/७२ वैशाख ७ गते कर्णेल उजिरसिंह थापाको नेतृत्वको नेपाली सेनाले तत्कालीन अंग्रेज सेनालाई पराजित गरेको दिनका रुपमा दिवस मनाइएको हो। प्रधानमन्त्री ओलीले जितगढी किल्ला परिसरमा निर्माण गरिएको कर्णेल उजिरसिंह थापाको पूर्णकदको शालिक अनावरण तथा र शालिकको छेउमा विशाल राष्ट्रिय झण्डा झण्डोत्तोलन गरे। 

नगर प्रमुख शिवराज सुवेदीले ऐतिहासिक विजयीको किल्ला जितगढीको गुरुयोजना बनाएर सम्पदा क्षेत्रको रुपमा विकास गर्ने हिसाबले उपमहानगर लागि परेको बताए। गत बर्षदेखि प्रत्येक बैशाख ७ गतेका दिन जीतगढी विजय उत्सव दिवस मनाउन थालिएको छ। 

प्रकाशित: ७ वैशाख २०७६ १०:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App