८ वैशाख २०८१ शनिबार
अर्थ

एनआरएनलाई सेयर बजारमा भित्र्याउने तयारी

काठमाडौं-नेपाल धितोपत्र बोर्डले गैरआवासीय नेपाली (एनआरएन) लाई देशको सेयर बजारमाभित्र्याउने तयारी गरेको छ । बोर्डले एनआरएनलाई नेपाली धितोपत्रको दोस्रो बजारमा सिधै लगानी गर्न पाउने गरी कार्यविधि बनाउन समिति गठन गरेको हो ।

बोर्डका नियमन तथा व्यवस्थापन विभागका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा बोर्डका अन्य एक जना सदस्य, अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल स्टक एक्सचेन्ज (नेप्से) कापदाधिकारी सदस्य रहने गरी एक समिति गठन गरिएको बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले बताए । उक्त समितिमा एनआरएनको प्रतिनिधि समेत रहने व्यवस्था गरिएको उनले जानकारी दिए ।

उक्त समितिलाई दुई महिनाभित् रकार्यविधि तयार गरी बोर्डमा पेसगर्न निर्देशन दिएको कार्कीले बताए । ‘कार्यविधि तयार भएपछि एनआरएनले सेयर बजारमा सजिलै लगानी गर्न सक्नेछन्,’ उनले भने, ‘सेयर बजारमा गैरआवासीय नेपालीको लगानीका लागि ढोका खुल्ने छ ।’

धितोपत्रको दोस्रो बजारमा एनआरएनले सहज रुपमा प्रवेशको लागि पटकपटक माग गर्दै आएका थिए । गैरआवासीय नेपालीले आफूलाई प्रत्यक्ष रुपमा लगानीगर्ने वातावरण मिलाउन लामो समयदेखि माग गर्दै आएको धितोपत्र बोर्डले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘कार्यविधि निर्माणपछि एनआरएनहरुको माग पूरा हुने छ,’ उनले भने, ‘सेयर बजारको कारोबार आधुनिक तरिकाले गर्न सकिएकै कारण यो सम्भव भएको हो ।’

परम्परागत रुपमा हुँदै आएको धितोपत्रको दोस्रो बजार कारोबार अभौतिकीकरण भई बजार आधुनिक युगमा प्रवेश गरेको छ । सेयर कारोबार आधुनिक तरिकाले गर्न थालेपछि नेपाली धितोपत्र बजारको क्षेत्र समेत विस्तार हुँदै गइरहेको  छ । तर धितोपत्र बजारमा गैर आवासीय नेपालीले प्रत्यक्ष रुपमा लगानी गर्ने व्यवस्था गरिएको थिएन ।

गत माघदेखि धितोपत्रको दोस्रो बजार कारोबार अभौतिकीकरण भई बजार आधुनिक युगमा प्रवेश गरी नेपालको धितोपत्र बजारको क्षेत्र समेत विस्तार हँुदै गएको बोर्डको भनाइ छ । गैर आवासीय नेपालीलाई सेयर बजारमा प्रत्यक्ष रुपमा सहभागी गराउन अनलाइन ट्रेडिङ प्रणाली अत्यावश्यक मानिएको छ । त्यसो भएमा गैरआवासीय नेपालीले विदेशमै बसेर सेयर किन्ने र सेयर बजार विस्तारमा ठूलो सहयोग पुग्ने अपेक्षागरिएको छ ।

केही गैरआवासीय नेपालीले अहिले अप्रत्यक्ष रुपमा सेयर बजारमालगानीगरिरहे पनिकार्यविधिनिर्माणपछि उनीहरुको लगानीवैधानिकहुने र नाफा लैजानपनि सहजहुने कार्कीले बताए । ‘एनआरएनको सहभागिताबाट धितोपत्रको दोस्रो बजार हुँदै अर्थतन्त्रमा समेत प्रभाव पर्नेछ,’ कार्कीले भने, ‘कारोबार नेपालीमुद्रामा नै गर्न सकिने समेतको व्यवस्थागरिने छ ।’

आर्थिक वर्ष २०७१÷०७२ को बजेटमा धितोपत्र बजारमाएनआरएन र अन्तर्राष्ट्रिय वित्तीय संस्थाको लगानीआकर्षित गराउने नीतिलिइएको थियो । एनआरएनको लगानीभित्र्याउने नीतिगत व्यवस्था सरकारले पहिल्यै गरिसकेको भएपनि त्यससम्बन्धी कार्यविधि नबन्दा उनीहरुले सेयर बजारमा प्रत्यक्ष रुपमा लगानी गर्न पाएका थिएनन् ।

सिडिएससी एन्ड क्लियरिङ लिमिटेडले हितग्राहीखाता खोल्ने सम्मको व्यवस्था गरे पनि कसरी उनीहरुलाई दोस्रोबजारमा सहभागी गराउने भन्नेमा अन्योल नै थियो । ‘रामशरण महत अर्थमन्त्री हुँदा एनआरएन र अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई लगानी गर्न प्रोत्साहित हुने गरी नीति ल्याइएको थियो,’ कार्कीले भने, ‘म स्टक एक्चेन्जमा हुँदाअवधारणा पत्र बनाएको थिएँ ।’

धितोपत्रको दोस्रो बजारमा एनआरएनलाई सहभागी गराउन अध्ययन गरी कार्यविधि बनाउन आवश्यक देखिएकोले समिति बनाइएको धितोपत्र बोर्डले जनाएको छ । समितिलाई उक्त विषयमा अध्ययन गरी आवश्यक कार्यविधिको मस्यौदा तयार गरी सिफारिस गर्न जिम्मेवारी दिइएको छ ।
सरकारले पनिविगतकोे बजेटमा धितोपत्र बजारमा एनआरएनको लगानी आकर्षित गराउने नीति लिएको घोषणा गरेको थियो । तर, कार्यविधि नबन्दा अहिलेसम्म एनआरएनले सेयर बजारमा लगानी गर्न पाएका छैनन् ।

धितोपत्रको दोस्रो बजार कारोबार अभौतिकीकरण भई बजार आधुनिकिकरणको युगमा प्रवेश गरेको, नेपालको धितोपत्र बजारको क्षेत्र समेत विस्तार हुँदै गएकोले एनआरएनलाई लगानीको ढोका खोल्नु गर्नु उपयुक्त हुने धितोपत्र बोर्डको निष्कर्ष छ ।

यसको कार्यान्वयन पछि धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो हुने र नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बोर्डको भनाइ छ ।नेपालको सेयर बजार सुधार तथा विस्तारको युगान्तकारी कदम चालिरहेको धितोपत्रबोर्डको पछिल्लो निर्णयबाट लगानीकर्तामा थप आत्मविश्वास बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित: ४ कार्तिक २०७३ ०५:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App