गीति याद

गीतले सम्झाएका ती पलहरू

शनिबार, ०७ बैशाख २०७६, १४ : ४१ धीरज कुमार

पहिलोचोटि सुनेको गीतले गीत सुनको ठाउँको याद जीवनपर्यन्त सम्झाइरहँदो रै’छ। २०६० सालतिर थियो। अल्लारे उमेर। संगीतको पारखी। गाउँमा मलाई मनपर्ने खालको गीत सुन्ने म मात्र हुँजस्तो लाग्थ्यो। कुरा सबैको हुन्थ्यो त्यसवेला, तर गीत संगीत अनि फिल्मका कसैले गरे ध्यान त्यतै जाने। एक खाले लत नै थियो गीतमा। 

स्कुल उमेरले भर्खरै छोडेका बेला म हिन्दी गीतको फ्यान थिएँ। तर, नेपाली पनि उत्तिकै सुन्थें। कुमार सानु, अभिजित भट्टाचार्यका गीतको पारखी मलाई त्यसवेला उदितनारायण उति अब्बल नलाग्ने। तर, उनको गीतको पनि टुक्रा टुक्रा जोडेर गाइदिन्थें। मैं हुँ भन्नेलाई पनि फलानो गीत फलानो फिल्मको हो भनेर प्रतिस्पर्धामै उत्रन तयार हुन्थें म। 

हाम्रो गाउँमा बिजुली थिएन, टीभी थिएन। खोजी खोजी हेरिएका त्यसवेलाको फिल्मका याद अहिले पनि उत्तिकै सम्झिन्छु म, भन्न सक्छु त्यसवेला हेरेका फिल्ममा कुन गीत कहाँ थियो। त्यतिवेलै खोज्थें, गीतका सर्जक, गायक अनि नायक।

गीत र फिल्मको भूत यसरी चढेको थियो। एउटा फिल्म र हेर्न दिनभरि लालबन्दी बजार चहार्दै हिँडिन्थ्यो। गीत र फिल्म हेर्नै हामी लालबन्दीको गल्ली गल्ली चहाथ्र्यौं। चिनेजानेका घर घरमा छिथ्र्यौं, किनकि हाम्रो गाउँमा बिजुली थिएन, टीभी थिएन। खोजी खोजी हेरिएका त्यसवेलाको फिल्मका याद अहिले पनि उत्तिकै सम्झिन्छु म, भन्न सक्छु त्यसवेला हेरेका फिल्ममा कुन गीत कहाँ थियो। त्यतिवेलै खोज्थें, गीतका सर्जक, गायक अनि नायक। 

२०५९ सालतिरको कुरा हो। क्यासेट प्लेयर विस्थापित हुने चरणमा थियो, हाम्रोतिर। गाउँमा सीडी प्लेयरको जमाना भित्रिएको। बुवाले खै कताबाट हो एउटा क्यासेट प्लेयर ल्याउनुभएको थियो रेडियो पनि बज्ने त्यसमा। त्यसमा हाल्न जम्मा तीन वटा क्यासेट (चक्का) थिए। एउटा थियो– कुन्ती मोक्तानको एल्बम ‘कुसुम’। खुब सुनियो त्यो चक्का। अनि अर्को थियो, चक्काभरि मिथुन चक्रवर्तीको अनुहार भएको ‘मेरे साजन साथ निभाना’ फिल्मको क्यासेट। त्यसभित्र थियो ‘बन्नो रे ऐसै क्यों सर्माए’ भन्ने गीत। यो गीतले त्यसवेला मलाई निकै तानको थियो। अरू गीत भगाई भगाई यहीं सुन्थें। अनि अर्को थियो, राजेशपायल राई, मुरलीधर, नरेन्द्र प्यासीको आदिको गीत छ्यासमिस भएको चक्का। चक्कामा अर्को गीत डबिङ गर्ने जमाना थियो। तिनै चक्कामा पछि विस्तारै मैले अरु नि गीत थप्दै गएँ, केही चक्का किने पनि। 

गाउँमा बिजुली आएको थिएन। तीन ब्याट्री लाग्ने त्यो क्यासेट प्लेयर खुब सुनें। ब्याट्री किन्न पैसाजसोतसो जुटाउँथें। बुवाको समाचार सुन्ने रेडियो पनि यही थियो। तर, मैले क्यासेटको ब्याट्री सकेको देख्दा बुवा दिक्क मान्नु हुन्थ्यो। ६ महिना जेनतेन चलेपछि क्यासेटले रिल तान्न थाल्यो। क्यासेट बिग्रँदै गयो। त्यसमा गीत बजेन। तर, मैले सुन्न छोडिनँ। 

त्यसको धेरैपछि हाम्रो घर नयाँ रेडियो आयो। तर, क्यासेट चक्का नलाग्ने। रेडियो नेपाल खुब सुनियो त्यसबेला, हरेक कार्यक्रम याद थिए रेडियो नेपालका। कुन कार्यक्रमले गीत दिन्थे, कुन दिनभरि गलफती गर्ने खालका मात्र हुन्थे। सबै कण्ठस्थ थिए। 

मैले त्यसवेला खुब सुन्ने भनेको ‘स्वेदशगान’ थियो। बिहानै बज्थे यी गीत। बुवा समाचार कुरेर बस्दा बज्ने यी गीत रहरले सनिनँ मैले, नजानेर सुनें, तर धेरै मन पर्न थाल्यो। बुवा र मेरो सुत्ने ठाउँ सँगैजस्तो थियो। त्यही भएर सुन्न पाएँ यी गीत।

एकतले घर थियो हाम्रो। पाँच जिल्ला यताउता एफएम थिएनन्। काठमाडौंतिरका एफएफ समात्ने कुरै भएन। रेडियो नेपाल नै बज्थ्यो खोलेका बखत। कान्तिपुर र इमेज एफ एफको नाम सुनेको थिएँ, अनि यी एफएमले रेडियो नेपालभन्दा फरक फरक गीत दिन्छन् भन्ने पनि सुनेको थिएँ। अनि के चाहियो लगिन्थ्यो रेडियो दिनभरि छतमा। मन परेको गीत बज्यो कि रेडियोको एन्टेनाको टुप्पोमा एफएम लगाउन बाँधेको तार समातेर त्यो गीत नसिद्धिएसम्म बसिन्थ्यो। 

देश सशस्त्र युद्धको चपेटामा थियो। कक्षा आठ नौ यस्तैमा थिएँ म। तत्कालीन माओवादीले चलाएको रेडियो सुनिन्थ्यो त्यसवेला, बुवाहरु खुब चाख दिएर सुन्ने। क्लिएर टिप्थ्यो। जे बजे नि सुन्न मजा लाग्थ्यो। त्यसवेलै हो मैले प्रदीप देवानको ‘अरुण तरेर नाना तमोर तरेर’ भन्ने गीत सुनेको। गीत सुनेपछि सबैभन्दा पहिला गायक खोजी गर्ने मलाई यो गीत अरुभन्दा निकै फरक लाग्यो। बुवासँग निकै कम बोल्ने मैले उहाँलाई यो गीत कसले गाएको हो बुवा भनेर सोध्न सकिनँ। 

गाउँमा हिन्दी गीत बढी बज्ने, नेपालीमा बजेको त्यो गीत मेरो मनमा नौलो बनेर बसिरह्यो। धेरैलाई सोधें, थाहा कसैले भन्न सकेनन्। त्यसैबीचमा मैले अर्को त्यस्तै गीत सुनें –‘जलजला’। यी गीत पछिसम्म सम्झिरहन्थें म। विडम्बना गीत गाउने मान्छे मैले एक वर्षसम्म थाहा पाउन सकिनँ। एक दिन बुवालाई नै सोधें, बुवाले भन्दिनुभयो–प्रदीप देवान। 

अर्को गीतको गायिका नजानेरै अर्को वर्षदिन बित्यो। धेरैपछि मात्र थाहा पाएँ। अहिलेजस्तो युट्युब र रेडियो त्यसवेला भइदिएको भए मेरा गीतका भोक सबै मेटिनेथिए। 

मेरो बाल मस्तिष्कले जान्न चाहेका ती गीतका खोज पूरा हुने थिए। तर, उपाय थिएन खोजीको । रेडियो नेपालको भरमा मात्र यो सम्भव थिएन।  

लालबन्दीमा बजारमा वीणा चलचित्र मन्दिर थियो। घरबाट हिँडेर डेढ घण्टाको दूरीमा।  नेपाली फिल्म मज्जैले चल्ने। हलमा हरेक पटक फिल्म बदलिएको याद हुन्थ्यो मलाई, अनि त्यो फिल्ममा राखिएका गीत पनि खबु गाइयो। 

जीवनमा पहिलोपटक सिन्धुलीमा राजेश हमाल अभिनित ‘अग्निपरीक्षा’ हरेको थिएँ। घरबाट आमालाई नटेरेर मामाघर गएको वेला। अहिले त्यो फिल्मको दृश्यभन्दा बढी त्यो सिन्धुली बजार र हलमा मान्छेको चाप याद आउँछ। अनि त्यही फिल्मको गीत याद आउँछ– ‘हामीलाई पनि मायाले हेर पार्वती’ शम्भुजितले गाएको त्यो गीत अहिले सुन्दा पनि सिन्धुलीको त्यो बजार झलझली सम्झन्छु। सिन्धुली बजार सम्झाउने त्यो गीत मैले धेरै पछि अर्को फिल्म नहेर्दासम्म सम्झिरहें। 

जस्तै भए पनि नेपाली फिल्मका हरेक कलाकार जान्नेपर्ने एउटा उत्सुकता थियो मभित्र। अझ त्यसभन्दा कताकता बढी गीत गाउन र गीतबारे जान्न मन हुन्थ्यो। 

शक्ति बल्लभ, शम्भुजित बाँस्कोटाका गीत एकपटक सुनेको भरमा याद हुन्थ्यो। 

हरिवंश आचार्यको ‘चञ्चले चञ्चले गण्डकी अञ्चले पूरे गाउँथें म। त्यो जमानाको हिट गीत थियो यो। छिमेकीका घरमा आउनेका पाहुनाका लागि यो स्वागतस्वरुप यो गीत गाउन लगाउँथे। एकै सासमा गाइदिन्थे म। 

सात कक्षातिर पढ्थें होला। गाउँमा एक÷घर मात्र टीभी थिए। शुक्रबार राति नेपाल टेलिभिजनबाट नेपाली फिल्म दिन्थ्यो। गाउँका दाइहरुसँग रातिराति फिल्म हेर्न जान छुट थियो मलाई। श्रीकृष्ण श्रेष्ठ मेरो मन पर्ने हिरोमध्ये थिए। त्यो समयमा एक मैले जाली रुमाल हेरेको थिएँ। कथा धमिलो याद छ। डायलग बिर्सिसकें तर, त्यतिखेर सुनेका गीतले छोइरहन्थ्यो निकै पछिसम्म। 

नेपालीमा आनन्द कार्की, प्रकाश श्रेष्ठको गीतले जत्ति अरुले छोएनन्। अनि हिन्दीमा कुमार सानु मेरा लागि गीतका ‘भगवान्’ थिए। उनले गाएका हिट गीत अहिले पनि टुक्रा टुक्राबाट गाउन सक्छुजस्तो लाग्छ। 

स्कुल धेरै टाढा थिएन। १० मिनेटमा आउजाउ नै गरिन्थ्यो। स्कुलको पहिलो घण्टी सुरु हुन्जेल घरमै सुनेर बस्थें नेपाल एफएफ। बल्ल बल्ल टिप्न सक्ने बनाएको थिएँ यो एफएम, रेडियोको भाँचिएको एनटेनामा जोडेर। 

म १० कक्षमा पढ्दासम्म ४ वटा रेडियो फेरिइसकेका थिए। यो पनि बजाइको अन्तिम चरणमै जस्तो थियो। अहिले पनि नेपाल एफएम बजाउँछु, ९० का दशकका ती पुराना हिन्दी गीत सम्झन्छु। अनि सम्झन्छु एसएलसीको समय, साथीसँग गीतलाई लिएर राखेको बाजी। 

२०६३ सालको जनआन्दोलनपछि लोकतन्त्र पुनसर््थापना भयो। समाज खुकुलिँदै गए। मुलुकमा एक किसिमको दबिएको स्वतन्त्रता फिरेको थ्यो। यसको प्रभावको मलाई लेखाजोखा थिएन मात्र खुसी थियो – लोकतन्त्रकै असर होला सायद बजार बजारमा एफएम खुले, अनि तिनले बजाए मेरा मनपर्ने गीत। 

त्यसपछि झनै अब्बल हुँदै गएँ गीत सुन्ने रहर। अहिले ती पल याद आउँछन्, गीतप्रतिको त्यो भोक याद आउँछ तर, गीत नै सुनेर र याद गरेर जिन्दगीमा उपलब्धि केही रहेनछ भन्ने त लाग्छ। त, फेरि सोच्दा सोच्दै टक्क रोकिन्छु अनि मनमनै भन्छु – कोही छ मसँग गीत र ती गीतसँग जोडिएको प्रसंग पसंग चर्चा गर्ने?  







यसमा तपाईको मत


अन्य समाचार

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

तीन वर्षयता संचालित गोयन्का ग्रुपले बजारमा ल्याएका प्रोडक्टहरु उपभोक्ताले अत्याधिक रुचाउँदै आइरहेका छन् । स्थापनाकाल देखि नै गुणस्तरयुक्त प्रोडक्ट बिक्रि...

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’  योजना

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजना

एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवाको मजा लिन सक्नेछन् । ग्राहकले...

कस्तो भ्याक्युम क्लिनर किन्ने ? -  भ्याक्युम क्लिनर खरिद गाइड

कस्तो भ्याक्युम क्लिनर किन्ने ? - भ्याक्युम क्लिनर खरिद गाइड

भ्याक्युम क्लिनर किन्दा के के हेरेर किन्ने ? कस्तो किन्ने ? ...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै उत्पादन शुरु गरेको हो ...

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि...

डाबर नेपालको  रियल मिक्स्ड फ्रुट मसला

डाबर नेपालको रियल मिक्स्ड फ्रुट मसला

फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादका...

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...