आइएस लडाकूद्वारा सत्तापक्षीय २७ लडाकूको हत्या

शनिबार, ०७ बैशाख २०७६, १३ : ३२ नागरिक

बेरुत – इस्लामिक स्टेट (आइएस)सँग आबद्ध लडाकूहरुले सिरियाली सत्तासँग निकट सम्बन्ध रहेका २७ जना लडाकूको हत्या गरेका छन्। सिरियामा आइएसको पतन भएको ठानिए पनि पछिल्लो घटनाले सबैलाई आश्चर्यचकित तुल्याएको सिरिया द्वन्द्वको अनुगमन गरिरहेको संस्थाले जनाएको छ।

बेलायतस्थित सिरियाली मानव अधिकारसम्बन्धी अब्जरभेटरीले विगत ४८ घण्टाभित्रै होम्स प्रान्तको पूर्वी मरुभूमिमा चार जना सिरियाली सैनिक सहित सरकार समर्थित २७ जना लडाकूको हत्या भएको जनाएको छ । सिरिया र इराकको दुर्गम पहाडी मरुभूमिमा अखडा बनाएर बसेका आइएस लडाकूले आक्रमण गरेको र त्यसको जिम्मेवारी लिएको जनाइएको छ ।

अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले आइएसका अखडाहरु ध्वस्त भएको घोषणा गरिएपछि सत्तापक्षमाथि सबैभन्दा घातक आक्रमण भएको र ठूलो संख्यामा मानवीय क्षति भएको बताउनुभएको छ । अब्जरभेटरीका अनुसार भिडन्तमा आइएसका ६ जना लडाकूको समेत मृत्यु भएको छ ।

विशाल सिरियाली मरुभूमि राजधानी दमास्कसदेखि होम्स र हामा शहरहुँदै इराकी सीमा नजिकको युफ्रेटस उपत्यकासम्म फैलिएको छ । यो क्षेत्रमा पछिल्लो समय आइएसले आश्रयस्थल बनाएको छ । (रासस)








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad