coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

परिवर्तनको साक्षी

प्रशान्त श्रेष्ठ
बाल्यकालमा नरिवल र मिश्री किनेर खाने पसलहरू आज कफी सपमा परिवर्तन भएकोमा अचम्म लाग्छ। ४५ वर्ष अगाडीका फोटा हेर्दै बालापनको कल्पना गर्दैछु। विगत १८ वर्ष देखि फोटोग्राफीमा संलग्न हुँदा अचानक पनौतीमा ४५ वर्ष अघि आएका फ्रान्सेली मानव शास्त्री प्रा. जेरार्ड ठोफाँसँग ०६६ सालमा परिचय हुन पुग्यो। मैले उहाँलाई मेरो मकर मेला फोटो पर्दशनीमा प्रमुख अतिथीका रुपमा निम्तो पठाएको थिएँ। उहाँले मेलामा आउन नसक्ने जानकारी पठाउनु भयो तर मेलाको महिना दिन पछि आउने वाचा गर्नु भयो।

०६६ माघमा मकर मेला मनाइो। त्यसपछि फागुन १५ गते टोफा १५ वर्ष पछि पनौती आउनु भयो। त्यसपछि सुरु भयो हाम्रो कार्यगत एकता। हामीले त्यही वर्ष मकर मेला सम्बन्धि ‘पाप र पापीहरु’ किताब तयार ग-यौं जुन ब्रिल पब्लिसर नेदरल्यान्डले प्रकाशित ग-यो। मूल्य करिब २५ हजार रुपैयाँ भएकाले जम्मा एक प्रति मेरो लागि हुलाकबाट पठाइयो। उहाँसँग मिलेर नेपालको राजनीति र संस्कृतिका ७ वटा कितावमा काम गर्ने मौका पाएको छु मैले। 

१२ वैशाखको भुकम्पले नेपाल सहरमा नराम्रोसँग असर ग-यो तर पनौतीमा भुकम्पबाट न्यून क्षति भयो। पनौती सम्बन्धि ३७ वर्ष अघि विद्यावारिधी गरेको पुस्तक ‘पनौती’ फेरी छापिनु पर्ने आग्रह गरे टोफासँग। उहाँ सहमत हुनु भयो। अनि छापियो (फे्न्च भाषामा)। हामी यसलाई अँग्रेजी भाषामा निकाल्ने तयारीमा छौं। पुस्तक प्रकाशन गर्दा करिब ७ सय वटा पनौतीका पुराना फोटा हेर्ने मौका पाएँ जून ४५ वर्ष पुराना थिए।

बाल्यकालमा देखेका दृश्य अहिले तस्बिरमा देख्न पाउँदा अचम्म लाग्छ। पुल्चोकको फ्रान्सेली केन्द्रमा प्रदर्शनमा राखिएका तस्विरले पनौतीको परिवर्तन झल्काउँछन्। 

बाल्यकालमा मस्तिस्कमा बसेका क्षण फोटोमा हेर्न पाउँदा सर्बसाधारणका लागि प्रदर्शनीमा राख्न प्रस्ताव राखें। त्यसैले यतिवेला पुल्चोकको फ्रान्सेली केन्द्रमा ती फोटाहरुको प्रदर्शनी ‘पनौतीमा परिवर्तन’ चलिरहेको छ। त्यहाँ ६२ वटा फोटा छन्। प्रदर्शनी २१ वैशाखसम्म चल्ने छ।
पनौतीमा धेरै परिवर्तन भैसक्यो। प्रदर्शनीका फोटामा रोशी खोलाको स्वच्छता अनि त्यसमा पाइने असला माछा देखिन्छ। तिनताका बिहान खोलामा जाँदा दिनभरका लागि पुग्ने माछा मार्न सकिन्थ्यो। अचेल अव्यवस्थित खानी तथा विषादी प्रयोगले असला माछा लोप भैसक्यो।  
पहिला प्रायः मन्दिर जिर्ण थिए। प्रान्सेलीको अध्ययन पछि बनेको पुस्तक ‘पनौती एउटा नेपालको गाउँ’ले फ्रान्सेली सरकारसँग पुननिमार्ण गर्ने सहमती भयो। परिणाम, करिब १० वर्षमा पनौतीका सबै मन्दिर, पाटी पौवा जिर्णोदार गरियो। निमार्ण ०४७ मा सुरु भई ०५७ मा पुरा भएको थियो। त्यसैले किताब बनाउने प्रो. जेरार्ड टोफा र फ्रान्सेली सरकारलाई धेरै धेरै धन्यवाद।

०३६ सालको जनमत संग्रहमा पञ्चायत शासन लागु भएपछि कमरेड विष्णु दास स्याउला पञ्चायत शासन विस्द्ध लाग्नु भयो। त्यसका लागि उहाँले पनौती जात्रालाई माध्यम बनाई जात्रामा छानिने प्रमुख व्यक्ति ‘द्धार्रे’ भई सरकारको विरुद्ध्मा जाने कोसीस गर्नु भयो। त्यसैले उहाँ पक्राउ पर्नु भयो र साधारण तारेखमा रिहा हुनु भयो।

पनौतीमा ४५ वर्ष अघि टोफा आउँदा भक्तपुरसम्म मात्र गाडी चल्थे। भक्तपुरदेखि हिँड्नु पथ्र्यो। पैदल यात्रामा साँगा भञ्ज्याङमा दही चिउरा खाएर पुनौती पुग्नु हुन्थ्यो उहाँ। पनौतीको चार वर्षे बसाईमा प्रत्येक घरमा सत्कार पाएको र धेरै साथी बनाएको अनुभव सुनाउनु हुन्छ टोफा। तिनताका प्रत्येक महिना भोज गरिन्थ्यो। पछि उहाँले नेवारी भोजकै विषयमा दोस्रो विद्यावारिधी गर्नु भयो।

विज्ञानले जति प्रगति गरे पनि मौलिक संस्कृति तथा सम्पदा बचाउनु पर्नेमा उहाँ सधैं जोड दिनु हुन्छ। ‘पनौतीमा परिवर्तन’ फोटो प्रर्दशनीले आशा जगाएको र बाल्यकाल सम्झाएको छ।

प्रकाशित: ७ वैशाख २०७६ ०३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App