coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘म्यानेजमेन्ट स्कलर्स’ सार्वजनिक

काठमाडौ – दिगो विकासको विषयलाई समेटेर तयार पारिएको म्यागेजिन ‘म्यानेजमेन्ट स्कलर्स’को सातौं अंक सार्वजनिक गरिएको छ। कान्तिपुर सिटी कलेजमा आयोजिक एक कार्यक्रमबीच शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णराज बिसीले सो म्यागेजिन सार्वजनिक गरेका हुन्।

सो अवसरमा बोल्दै सचिव बिसीले सरकारले चाँडै नै अनुसन्धान र प्रयोगात्मक ढाँचाको नयाँ शिक्षा प्रणाली देशभर लागू गर्ने तयारी भइरहेको बताए। वरिष्ठ पत्रकार प्रा. रामकृष्ण रेग्मीले डिजिटल युगमा पनि यस किसिमका म्यागेजिनको महत्वमाथि प्रकाश पारे ।

कान्तिपुर सिटी कलेजमा बीबीए कार्यक्रममा अध्ययरत २०१४ ब्याचका विद्यार्थीद्वय सुनिता थापा र मनिला कार्कीको संयोजकत्वमा सो म्यागेजिनको प्रकाशन गरिएको हो । सो म्यागेजिनमा बिजिनेस, टुरिजम, आइटी, वातावरण, डिजिटल मार्केटिङ, द्वन्द्व व्यवस्थापनलगायत विषय समेटिएका छन् ।

प्रकाशित: ७ वैशाख २०७६ ०३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App