coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

डा. केसीका मागप्रति अख्तियारको आपत्ति

काठमाडौं- बरिष्ठ चिकित्सक डा. गोविन्द केसीको मागप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आपत्ति जनाएको छ।
एक विज्ञप्ति जारी गर्दै अख्तियारले 'आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरु माथि मनोगत लाञ्छना सहित महाभियोग एवं कारबाहि प्रक्रिया आघि बढाउन राखेको मागप्रति कडा शब्दमा भर्त्सना गर्दछौं' भनिएको छ।  ।
'भ्रष्टाचार, अनाचार एवं सबैखाले बिसंगति बिरुद्दको महाअभियानमा क्रियाशील आयोगका माननीय प्रमुख आयुक्त र आयुक्तहरु प्रति लक्ष्यित डा. के.सी.को सो माग छुद्रता, अराजकता र अस्वस्थ मानसिकताको द्योतक हो भन्ने आयोगको ठम्याई छ'  अख्तियारको विज्ञप्तिमा उल्लेख छ।
आयोगले आफ्ना कुनैपनि पदाधिकारीद्वारा आफ्नो र आफन्तको निहित स्वार्थका लागि चिकित्साक्षेत्रमा भर्ना गरेको, स्वास्थ्य तथा चिकित्सा क्षेत्रको सुधारको प्रक्रिया अबरुद्द तुल्याएको, भ्रष्टहरुलाई संरक्षण दिएको र कुनै पदाधिकारी बिशेषलाई सौदाबाजीमार्फत राजीनामा दिन वाध्य तुल्याएको भन्ने विषय पुष्ट्रि गर्न डा. के.सी.लाई चुनौति दिन्छौं भनिएको छ।  'काठमाण्डौं विश्वबिद्यालयको प्रवेश परिक्षामा हस्तक्षेप गरेको भन्ने थप आक्षेपको प्रश्न छ सो विषयमा सरोकारवालाहरुको असीमित उजुरीपछि आयोगले सम्बद्द नियामक निकाय “मेडिकल काउन्सिललाई” परीक्षाको निष्पक्षता परिक्षणका निम्ति निर्देशन दिएको तथ्य आयोग स्पष्ट पार्न चाहन्छ' विज्ञप्तिमा उल्लेख छ।
डा. के.सी.का प्रस्ताव सन्देहास्पद रहेको समेत अख्तियारले भनेको छ।
त्रिवि शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा.गोविन्द केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने प्रक्रिया अविलम्ब थाल्न माग गरेका थिए। उनले महाभियोग लगायतका माग पूरा नभएमा आगामी असार २६ गतेदेखि आमरण अनशन थाल्ने चेतावनीसमेत दिएका थिए। चिकित्सा शिक्षा सुधारमा अख्तियारले विभिन्न हस्तक्षेपगरी बाधा पुर्याएको भन्दै आज डा.केसीले पत्रकार सम्मेलन मार्फत् यस्तो माग अगाडी सारेका हुन्।

 

प्रकाशित: १२ असार २०७३ १४:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App