८ वैशाख २०८१ शनिबार
समाज

लागुऔषध सहित ५ जना प्रहरी नियन्त्रणमा

जुम्ला - जुम्लामा लागुऔषधसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँके डुडुवा गाउँपालिका ५ का हिरालाल सुनारसहित ५ जनालाई नियन्त्रणमा लिइएको हो।

चन्दननाथ नगरपालिका ४ भारतिबाडामा लागुऔषध सेवन, संचय, ओसारपसार र बिक्रि बितरण गरिरहेको गोप्य सुचना प्राप्त भएपछि प्रहरी निरीक्षक नविना ओली नेतृत्वको टोलीले खोजतलास सुुरु गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाको प्रवक्ता समेत रहेकी प्रहरी निरीक्षक ओलीले भनिन्,“कानुन बमोजिम रित पुर्याई पाँचै जनाको शरीर तथा कोेठाको खानतलासी गर्यौँ । खाटमाथी रहेको हिरालाल सुनारको कालो रङ्गको साईड ब्याग भित्र कालो प्लाष्टिकको टुक्रामा बेरेर राखेको अवस्थामा लागुऔषध जस्तो  देखिने खैरो धुलो पदार्थ पोको पारी राखेको अवस्थामा भेटायौँ । ”

बरामद जिल्ला प्रहरी कार्यालय ४ ग्राम २० मिली ग्राम रहेको छ। पक्राउ परेका पाँचै जना बिरुद्ध लागुऔषध मुद्धा शीर्षकमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित: ७ वैशाख २०७६ ०३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App