८ वैशाख २०८१ शनिबार
राजनीति

हुरीपीडितलाई प्रदेश सरकारको सहयोग

बारा - चैत १७ गते आएको विनासकारी हावाहुरीमा परी मृत्यु हुनेका परिवारका सदस्यहरुलाई प्रदेश नम्बर दुईका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले शुक्रबार नगद सहयोग गरेको छ।जिल्ला समन्वय समिति बाराको सभाहलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत तथा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले मपरिवारका सदस्यलाई तीन लाख ७५ हजारको चेक रकम हस्तान्तरण गरेका थिए।

हावाहुरीमा परी बारामा चार भारतीयसहित २७ जनाको मृत्यु भएको थियो। मृतकका परिवारमध्ये कागजी प्रक्रिया पूरा गरिएका नौ जनाको परिवारका सदस्यलाई मात्रै पहिलो चरणमा प्रदेश सरकारबाट तीन लाख राहत तथा २५ हजार रुपैयाँ क्रिया खर्च गरी तीन लाख पच्चीस हजारको चेक दिइएको मन्त्री सोनलका स्वकिय सचिव रमेश शर्राफले बताए।

कार्यक्रममा अमेरिकामा बस्ने तराईबासीको पुरानो संस्था एन्टाले हावाहुरीबाट मृत्यु भएकाको परिवारका लागि उपलब्ध गराएको जनही पचास हजार रुपैयाँको दरको चेक रकम पनि हस्तान्तरण गरिएको थियो।
मृतकको परिवारका सदस्यलाई चेक हस्तान्तरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य रामसहाय यादव, प्रदीप यादव, रामबाबु कुमार यादव, प्रदेशसभा सदस्य पारस साह, प्रल्हाद गिरी, सिंहासन साह, एन्टाका अध्यक्ष विजयकुमार साह, जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिंहको उपस्थिति रहेको थियो।

प्रकाशित: ७ वैशाख २०७६ ०२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App