७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘जनताले खानेपानी पाएका छैनन्, सरकार रेल र पानीजहाजको कुरा गर्छ’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सरकार कामभन्दा पनि कुरामा अल्झिएको टिप्पणी गरेका छन्। 

शुक्रवार नेविसंघ संगठित तथा प्रशिक्षित अभियानले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले जनताले खानेपानी नपाएका बेला सरकार रेल र पानीजहाजको सपना बोकेर हिडेको बताए। ‘कम्युनिस्टले सरकार राम्रोसँग चलाउन सकेनन्। महंगी, भ्रष्टाचार, अराजकता बढ्यो’, उनले भने, ‘जनताले खानेपानी पाएका छैनन्। प्रधानमन्त्री रेल र पानीजहाजको कुरा गर्नुहुन्छ।’ सरकारले अचाक्ली कर बढाएर जनतालाई दुःख दिएको उनको भनाई थियो। 

महामन्त्री कोइरालाले अब पार्टी एक ढिक्का भएर अघि बढ्ने बताउँदै नेविसंघको तदर्थ समिति छिट्टै बन्ने स्पष्ट पारे।

कार्यक्रममा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यक्ष (डिना), नेविसंघका पूर्वमहामन्त्री उमेशजंग रायमाझी बोलेका थिए। नेविसंघका निवर्तमान उपाध्यक्ष खड्ग डाँगी र सागर परियारले छिटो भन्दा भिटो नेविसंघ तदर्थ समिति बनाउन माग गरेका थिए। पार्टी जागरण अभियानमा जानुभन्दा अगाडि आफ्नो भातृ संगठनलाई सबल बनाएर जान उनीहरुले आग्रह गरे।

प्रकाशित: ६ वैशाख २०७६ १४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App