विमान खरिद अनियमितताको प्रतिवेदन बन्दै

शुक्रबार, ०६ बैशाख २०७६, १९ : ०५ मेनुका कार्की

काठमाडौं - संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अहिलेसम्म सबै विमान खरिद प्रक्रिया अध्ययन गरी प्रतिवेदन तयार पारेको छ।

विमान खरिद अनियमितता भएका अहिलेसम्मका पक्रिया प्रतिवेदनमा उल्लेख हुने जनाइएको छ। सुरुवाती चरणदेखि नै समस्या रहेको विमान खरिद पक्रिया जहिल्यै विवादित बन्दै जान थालेपछि समितिले नीतिगत अध्ययन नै थालेको हो। यही वैशाख १९ गते उक्त समितिले यससम्बन्धी प्रतिवेदन सरकारलाई बुझाउने छ। 

विमान खरिद प्रक्रियाका अहिलेसम्मका कमजोरी केलाएर नीति नियममा सुधार गर्न लागिएको समितिकाे विमान खरिद अध्ययन उपसमित संयोजक दीपकराज भट्टले बताए। ‘खरिद प्रक्रियामा कहाँ कहाँ लुप होल छन्, यसमा सुधार गर्ने हाम्रो प्रयास हो’, उनले बताए।

महालेखाको प्रतिवेदनले पनि वाइडवडी खरिद प्रक्रियामा अनियमितता भएको ठहर गरेको छ। विमान खरिदका लागि स्वीकृत प्रस्ताव, सम्झौता तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दर्ता प्रमाणपत्रलगायत कागजातमा विमानको मोडेल नम्बर तथा इन्जिन र एअरक्राफ्ट क्रम नम्बर फरक फरक किसिमको उल्लेख गरेको छ।

 सम्झौताअनुसार दुई वटा विमानको २३ अर्ब २० करोड ८३ लाख दुई हजार भुक्तानी भएको देखिन्छ। बिल बिजकको निश्चित ढाँचाबेगर आपूर्तिकर्ताले खाली कागजमा अन्य व्यहोरा नखुलाई इन्भ्वाइस भनी रकम मात्र उल्लेख गरेको कागजलाई बिल बिजक मानी भुक्तानी गरेको छ। 

हाल नेपाल वायु सेवा निगमसँग अन्तर्राष्ट्रिय क्षेत्रमा चल्ने चार वटा जहाज छन्। दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी जहाज छ। ए३२०–२०० सगरमाथा र लुम्बिनी दुई वटा न्यारोबडी जहाज छ। १५८ सिट क्षमता भएको उक्त जहाजले विभिन्न देशमा सेवा दिइरहेको छ। २ सय ७४ सिट क्षमता भएको अन्नपूर्ण र मकालु नामक ए३३०–२०० वाइडबडीमा छ। निगमले गएको असार १४ र साउन १५ मा क्रमशः जहाज खरिद गरेको हो। 

यसबाहेक निगमसँग बोइङ जहाज एउटा छ। उक्त जहाज गत जनवरीदेखि ग्राउण्डेड छ। सिंगापुरमा तीन महिना लगाएर उक्त जहाज बनाएर ल्याएको थियो।  

नेपालमा  पहिलो सन् १९४९ मा पहिलो पटक विमान अवतरण भएको थियो। त्यसयता उड्डयन क्षेत्रमा दर्जन पुग÷नपुग विमान र हेलिकप्टर कम्पनी प्रवेश भएका छन्। अहिले फिक्स विङस् (स्थिर पखेटा) भएका विभिन्न कम्पनीले उडान भरिरहेका छन्।

नेपाल एयरलाइन्स, बुद्ध, श्री, तारा, सिम्रिक, समिट, मकालु, यती, सौर्य र सीता एयर गरी १० वटा कम्पनीले नियमित उडान भर्ने काम गरिरहेका छन्। रोटर विङ्स भएको हेलिकप्टर सिम्रिक, श्री, हेली एभरेस्ट, फिस्टल, अल्टिच्युट, माउन्ट हेलिकप्टर, एयर डाइनेस्टिक र मनाङ गरी १० कम्पनीले सेवा दिइरहेका छन्। 

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad