८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र सर्वाेच्चमा ५ न्यायाधीश नियुक्त

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलियालाई नियुक्त गरेकी छिन्। संवैधानिक परिषदबाट सिफारिस थपलियालाई बुधवार संसदीय सुनुवाइ विशेष समितिले सर्वसम्मत अनुमोदन गरेको थियो। 

थपलियालाई संविधानको धारा २४५ को उपधार (२) बमोजिम राष्ट्रपति भण्डारीले शुक्रवार निर्वाचन आयोगको प्रमुख आयुक्तमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिएका छन्। 

यस्तै, राष्ट्रपति भण्डारीले सर्वाेच्च अदालतमा ५ न्यायाधीश नियुक्त गरेकी छिन्। संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा मुख्य न्यायाधीश तथा कानून व्यवसायीहरुलाई राष्ट्रपति भण्डारीले सर्वाेच्चको न्यायाधीशमा नियुक्त गरेकी हुन्। 

नियुक्त हुनेमा प्रकाशकुमार ढुंगाना (धनुषा), सुष्मालता माथेमा (काठमाडौं), कुमार रेग्मी (झापा), हरिप्रसाद फुँयाल (मोरङ), डा. मनोजकुमार शर्मा (काठमाडौं) रहेका छन्। पाँचै जना बिहीबार संसदीय सुनवाइ समितिबाट अनुमोदित भएका थिए।   

भण्डारीले राष्ट्रिय समावेशी आयोगको सदस्य पदमा विष्णुमाया ओझालाई नियुक्त गरेकी छिन्। ओझालाई संवैधानिक परिषदले सिफारिस गरेको थियो। 

प्रकाशित: ६ वैशाख २०७६ १२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App