४ वैशाख २०८१ मंगलबार
समाज

काठमाडाैंमा हावाहुरीसहित वर्षा

काठमाडौं - शुक्रबार राजधानीसहित देशका विभिन्न भागमा हावाहुरीसहित वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार मुलुकका अधिकांश भेगमा माैसम बदली भएको छ। साथै धेरै ठाउँमा हावाहुरीसहित वर्षा भएको छ। 

पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली भएको महाशाखाले बताएको छ। महाशाखाले जारी गरेको विज्ञप्तिमा पहाडी भेगका थोरै स्थानहरुमा अपराह्नपछि साँझतिर मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको बताएको थियो।

यस्तै  आइतबारसम्म देशका पहाडी भेगमा आंशिक बदली रहने महाशाखाले बताएको छ। 

प्रकाशित: ६ वैशाख २०७६ ११:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App