coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सिन्धुलीमा जुनारको कीरा मार्न किसानलाई प्रोटिन बेट वितरण

सिन्धुलीको सुनकोसी गाँउपालिका ७ मझुवाका किसानलाई प्रोटिन बेट हस्तान्तरण गरिदै । तस्बिरः अनिल भण्डारी/ नागरिक

सिन्धुली– जुनार क्षेत्रमा नमुनाको रुपमा प्रयोग गरिएको क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रम प्रभावकारी देखिएको छ। गत वर्ष यहाँको गोलञ्जोर गाँउपालिका ४ तिनकन्यामा नमुनाको रुपमा करिब ८ सय रोपनी क्षेत्रफलको जुनारमा गरिएको नमुना परीक्षणनै प्रभावकारी भएपछि जिल्लाभर एउटै प्रविधिको प्रयोग गरी कीरा नियन्त्रण गरिने भएको छ।

क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रममा फूलमा किरा देखिएको जुनारको बोटमा प्रोटिन बेट नामक औषधिको प्रयोग गरिएको थियो। नमुना परीक्षणका लागि गरिएको सो औषधि नै प्रभावकारी भएपछि यस बर्ष जुनारको उत्पादन हुने क्षेत्रमा औषधि वितरण गरिने भएको हो।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना(जुनार सुपर जोन) कार्यालयले यस बर्ष जिल्लाका विभिन्न स्थानका किसानहरुलाई कीरा मार्नका लागि विषादी वितरण गर्न लागेको हो। कार्यालयको पचास प्रतिशत अनुदानमा उक्त ग्रेट फ्रुट फ्लाई बेट(हाईड्रोलाइज प्रोटिन) उपलब्ध गराउनका लागि किसानको तर्फबाट पचास प्रतिशत रकम जम्मा भएपछि कार्यालयले थप पचास प्रतिशत बजेटबाट उक्त औषधि खरिद गरेको छ।

जुनारको फल कुहाउने औंसा पार्ने कीराको पोथी झिँगाले फुल पार्नका लागि प्रोटिनको आवश्यकता पर्ने र यो सिजनमा कीराले प्रोटिनकै खोजी गर्ने भएकाले प्रोटिन बेट फल दिने जुनारमा स्प्रे गर्दा बोटमै कीरा आएर मर्ने भएकाले विषादी प्रभावकारी भएको कार्यालय प्रमुख देवराज अधिकारीले जानकारी दिए।

आर्थिक बर्ष ०७५/७६ मा प्रोटिन बेट खरिदका लागि जुनार किसानबाट आठ लाख १७ हजार ७ सय ७७ रुपैया किसानबाट संकलन भएको छ। किसानले उत्पादन हुने बोट र त्यसको आधारमा विषादी स्प्रे गर्नुपर्ने बोटको आधारमा रकम संकलन गरेपछि विषादी खरिद गरी वितरण गरेको हो।

प्रत्येक ३ बोट बराबर एक बोटमा स्प्रे गर्नुपर्ने भएकाले सोही अनुसार खरिद भएको कार्यालयले जनाएको छ। किसानबाट रकम अझै थप केहि जम्मा हुन सक्ने र औषधि थप्नुपर्ने अवस्था आउने सम्भावना रहेको कार्यालयले जनाएको छ। जिल्लाकै मुख्य नगदे बालिको रुपमा रहेको जुनारमा चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्सले आक्रमण गर्न थालेपछि कीरा नियन्त्रणका लागि जुनार बगैँचामा प्रोटिन बेट छर्नका लागि स्प्रे कर्ता खटाइएको छ।

प्रकाशित: ६ वैशाख २०७६ ११:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App