राष्ट्रपति भण्डारीले वैशाख ११ देखि चीनको राजकीय भ्रमण गर्ने

शुक्रबार, ०६ बैशाख २०७६, १६ : ३९ नागरिक

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ११ गतेदेखि चीनको राजकीय भ्रमण गर्ने भएकी छिन्। परराष्ट्र मन्त्रालयले शुक्रबार राष्ट्रपतिको ९ दिने भ्रमण तालिका सार्वजनिक गरेको छ। भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा राजकीय भ्रमण गर्न लागेकी हुन्। 

भ्रमण तालिकाअनुसार राष्ट्रपति भण्डारीले बेइजिङमा आयोजना हुने बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)को दोस्रो सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। उनी चिनियाँ राष्ट्रपतिले आयोजना गर्ने भोजमा पनि सरिक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

राष्ट्रपति भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँग छलफल गर्ने कार्यक्रम छ। त्यस्तै, चिनियाँ समकक्षी सीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। राष्ट्रपतिको भ्रमणका क्रममा नेपाल चीन पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने तयारी छ।

राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रतिनिधिसभाका सांसदहरु, उच्च पदस्थ कर्मचारी, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहने छन्।








यसमा तपाईको मत

अन्य समाचार

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीले एन्ड्रोइड १० कुन कुन स्मार्टफोनले कहिले पाउनेछ भनेर तालिका सार्वजनिक गरेको छ । ...

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोन ८.१ का लागि एप स्टोर सधैंका लागि बन्द हुने भएको छ ...

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

Ncell Footer Ad