coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कार्यालय रित्याएर भ्रमणमा जाने जनप्रतिनिधिले माफी मागे

रुकुम (पश्चिम)– जिल्लाकाे सानीभेरी गाउँपालिकाले सार्वजनिक रुपमा माफी मागेको छ। कार्यालय रित्याएर जनप्रतिनिधि तथा कर्मचारी भ्रमणमा गएको भन्दै चर्काे विरोध भएपछि गाउँपालिकाले माफी मागेको हो।

गत चैत ३० गतेदेखी बैशाख ३ गतेसम्म गाउँपालिका अध्यक्ष नरबहादुर पुन सहित जनप्रतिनिधि र कर्मचारीहरु भारतको दार्जिलिङ् तथा नेपालका विभिन्न ठाउँमा भ्रमण गरेका थिए। कार्यालयको काम छोडेर जनप्रतिनिधि तथा कर्मचारीहरु भ्रमणमा गएको भन्दै सामाजिक सञ्चाल तथा सञ्चार माध्यमबाट आलाेचना भएकाे हाे।

 गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कुमारी रीमा मल्लले गाउँपालिकाको तर्फबाट प्रेस विज्ञप्ती मार्फत माफी मागेकी छन्। आफुहरु गाउँकार्यपालिकाको निर्णय अनुसार नै भ्रमणमा गएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

गत चैत २० गते कार्यपालिकाको बैठकबाट पर्यटकीय क्षेत्र, कृषि तथा संस्कृतिको अवलोकन गर्नको भ्रमणको तय भएको बताइएको छ। आफुहरु चैते दसै, शनिबार र नयाँ वर्षको बिदालाई सदुपयोग गरेर नयाँ क्षेत्रको अवलोकन तथा क्षमता अभिवृद्धि गराउनको लागि भ्रमण गरेको विज्ञप्ती मार्फत जानकारी गराइएको छ।

सेवाग्राहीलाई दुःख दिने कुनै नियत नभएको भए पनि बीच बाटोमा गाडी बिग्रिएपछि समयमा नै कार्यालय पुग्न नसकिएको स्वीकार गरिएको छ। भ्रमणमा गएका जनप्रतिनिधि र कर्मचारीहरु ढिला आउँदा प्रत्येक महिनाको ३ गते वितरण हुँदै आएको अपाङ्गता परिचय पत्र वितरण कार्य प्रभावित भएको थियो।

त्यस्तै, कक्षा ८ को गाउँपालिका स्तरीय नतिजा समेत ढिला गरेर प्रकाशन भएको थियो। चैत मसान्त भित्र प्रकाशन हुनुपर्ने कक्षा ८ को नतिजा शुक्रबार विहान प्रकाशन गरिएको छ।

गाउँपालिकाद्धारा जारी प्रेश विज्ञप्ती । तस्बिर: नागरिक

 

प्रकाशित: ६ वैशाख २०७६ १०:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App