coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सेनाद्वारा विद्यालय भवन हस्तान्तरण

कार्यक्रममा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिदै। तस्बिर: टंक/नागरिक

सर्लाही– नेपाली सेनाले मुस्लिम र दलित समुदायका बालबालिका मात्र अध्ययन गर्ने एक जीर्ण विद्यालय भवन मर्मतसम्भार गरी हस्तान्तरण गरेको छ।

मलङ्गवा नगरपालिका–११, पल्सी स्थित एक आधारभूत विद्यालयको दुई कोठे भवन जीर्णोद्धारको काम पूरा गरि शुक्रबार विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो। जीर्ण अवस्थामा रहेको दुई कोठे विद्यालय भवनमा प्लाष्टर, रङरोगन र झ्याल ढोका जडान गरी हस्तान्तरण गरिएको रणशेर गणका गणपति प्रमुख सेनानी मीनराज तिवारीले जानकारी दिए।

जीर्णोद्धार गरिएको बाहेक थप दुई वटा भवनमा समेत रङरोगन गरिएको र नयाँ शौचालय समेत निर्माण गरिएको सेनाले जनाएको छ। दुई सय ५० जना मुस्लिम र दलित बालबालिका अध्ययन गर्ने विद्यालयमा सेनाले जीर्णोद्धारको काम गरेर प्रशंसनिय काम गरेको भन्दै विद्यालयका प्रधानाध्यापक नागेश्वर रायले धन्यवाद व्यक्त गरे।
 

प्रकाशित: ६ वैशाख २०७६ ०९:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App