बलात्कारको कसुरमा छ वर्ष कैद

शुक्रबार, ०६ बैशाख २०७६, १० : २० नागरिक

नुवाकोट - बलात्कारको घटनामा संलग्न भएको कसुर ठहर गर्दै नुवाकोट जिल्ला अदालतले आरोपित युवालाई छ वर्षको कैद सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले रसुवा उत्तरगाया गापा–३ ठूलोगाउँका २६ वर्षीय हर्क गुरुङलाई छ वर्ष कैद सजाय तोकेको हो। बुधबार भएको फैसलामा पीडित किशोरीलाई रु एक लाख क्षतिपूर्ति भराउन पनि आदेश दिइएको छ।

कसुरदारले  तारकेश्वर नपा–८ काठमाडौँकी १४ वर्षीया  किशोरीलाई पीडक गुरुङले २०७३ पुस ५ गते नुवाकोटको ककनीको एक होटेलमा ल्याई बलात्कार गरेको आरोपमा पीडित किशोरीले २०७३ पुस ११ गते महानगरीय प्रहरी प्रभाग बालाजुमा उजुरी दिइकी थिइन्।

पीडित किशोरीको उजुरीपछि प्रहरीले आरोपितलाई २०७३ पुस ११ गते नै तारकेश्वर नपा–८ लामाबगर काठमाडौँबाट गिरफ्तार गरेको थियो। महानगरीय प्रहरी प्रभाग बालाजुले घटनास्थल नुवाकोट भएकोले थप अनुसन्धानका लागि आरोपितसहित कागजात जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाएको थियो।

यस्तै, १५ वर्षीया किशोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा गिफर्तार भएका ककनी गाउँपालिका–३ डाडागाउँका १७ वर्षीय प्रदीप राईलाई नुवाकोट जिल्ला अदालतले तीन वर्ष कैद र रु ५० हजार पीडित किशोरीलाई क्षतिपूर्ति भराउने फैसला गरेको छ।

चितवन रत्ननगर नगरपालिका टाँडीकी १५ वर्षीया किशोरीलाई २०७४ चैत १८ गते जागिर लगाइदिन्छु भन्दै काठमाडौँ हुँदै पीडकले आफ्नो घरमा ल्याएर पटक पटक बलात्कार गरेको भनी इलाका प्रहरी कार्यालय रत्ननगर चितवनमा पीडित किशोरीले २०७५ वैशाख ४ गते उजुरी दिएकी थिइन्। उजुरीमा पीडितले पीडकको घरबाट भागेर चितनव पुगेर उजुरी दिएको उल्लेख गरेकी छिन्।

प्रहरीले आरोपित किशोरलाई २०७५ वैशाख ४ गते गिरफ्तार गरेको थियो। इलाका प्रहरी कार्यालय रत्ननगरले घटनास्थल नुवाकोट भएकोले थप अुनसन्धानका लागि पीडकसहित कागजात २०७५ वैशाख ५ गते नुवाकोट प्रहरी कार्यालय पठाएको थियो। रासस






यसमा तपाईको मत

अन्य समाचार

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट  प्रालिसँग सम्झौता...

Ncell Footer Ad