राष्ट्रवादको रहस्य

शुक्रबार, ०६ बैशाख २०७६, ०९ : ०७ युवराज गौतम

टर्कीमा ‘उलेमा’ भनिने धर्माधिकारीकाहरूको शासक समूह थियो, कुनैबेला। मुसलमान (इस्लाम) धर्मका ग्रन्थ हेरेर दण्ड दिन्थे उनीहरू। धर्म संस्कृति जोगाउँदै राष्ट्र बलियो बनाउने उद्देश्य भए पनि शैली कठोर थियो। त्यसैले शासकहरूको विरोध भइरह्यो।

बौद्धमार्गी राष्ट्र भुटानमा आज पनि दुई राजा छन्– धर्मराजा र देवराजा। धर्म र राजकाज हेर्छन्, उनीहरू। ‘एक नम्बर’ प्लेट भएका गाडी चढ्छन्। दुई राजाबीच सुमधुर सम्बन्ध छ। राष्ट्राध्यक्षले धर्मराजालाई अभिभावक मान्छन्। सम्मान गर्छन्। धर्म–संस्कृति संरक्षण, सम्पोषण, संवद्र्धन र सदाचार कायम राख्न सकियो भने मात्र नयाँ पुस्ता मातृभूमिप्रति इमान्दार, समर्पित र निष्ठावान् बन्नसक्छ भन्ने उनीहरूको अटुट विश्वास छ।

‘उलेमा’ कट्टरपनको परिचय हो। त्यो जमाना अब छैन। नेपालमा हजारौँ वर्ष अघिदेखि सबै बाँचौँ, सबै हाँसौँ भन्ने उदार चिन्तन विकास भयो। नेपाली–नेपालीलाई आपसमा जुधाउने कुत्सित अभिप्रायले केही पश्चिमा लेखकले हावादारी कुरा लेखे। अंग्रेजी पढेका केही टपरटुइयाँले त्यसैलाई आधार बनाए।

नेपाल र नेपालीबारे विदेशीले गरेका दुष्प्रचारलाई नेपालका ‘सुशिक्षित तथा दीक्षित’ समुदायले मलजल गरे। गरिरहेकै छन्। विदेशीका कथन (न्यारेटिभ) अमरवाणी मान्नेहरू धेरै भेटिन्छन्। १२–१५ सय जनसंख्या भएको त्यसबेलाको कीर्तिपुर डाँडामा ‘सत्र धार्नी नाक काटेको’ किंवदन्ती सुनाएर मनोरञ्जन गराउनेहरू पनि छन्। गुरुङहरू मंगोलिया र पश्चिम चीनका मूलवासी हुन् भन्ने पश्चिमा लेखकहरूको कुतर्क गुरुङ समुदाय नै स्वीकार्दैनन् तर त्यही समुदायमा युरो–डलर चाट्ने केही पराधीन, पराश्रित र दम्भीहरू आफ्नो जातीय गाथामा गर्व गर्नुको साटो आफूलाई विदेशी भूमिबाट आएको भन्दै रमाएका छन्। दास भएरै कमाएका छन्।

पार्टीलाई राष्ट्रवादको सुन्दर बर्को ओढाएर त्यहाँभित्र चीन, भारत, युरोप र अमेरिकाका चल्ला कोरल्ने गरिएको छ।

डा. हर्क गुरुङ, प्राध्यापक जगमान गुरुङ, होमा गुरुङ (थकाली) आदि बाहेक गुरुङको भाषा, साहित्य र संस्कृतिबारे अरूले पनि लेखेका छन्। गहिरो खोजी गरेका छन्। तामाङ, थारू, किराती, मगर, थकाली, नेवार, मैथिली आदिका विषयमा धेरै नेपालीले अध्ययन÷अनुसन्धान गरेका छन्। किरातीहरू बोलीवचनमा कुनै भद्रता देखाउँदैनन् भनेर गोराहरूले लेखे (स्रोतः ब्रेकिङ नेपाल पुस्तक) तर आफ्नै जातिलाई अपमान गर्नेहरूका पछिपछि दगुरेर धर्म–संस्कृति त्याग्नेहरू कति विवेकशील होलान् ? पृथ्वीनारायण शाहले नेपालीका प्राचीन धर्म–संस्कृति एवं ‘कुलाधर्म’ मास्न चाहने इसाई धर्म प्रचारकहरूलाई देश निकाला गरेर सही काम गरेका थिए कि गलत ? युवा पुस्ताले सोच्नुपर्छ।

प्रथम विश्वयुद्ध (सन् १८१४–१८) तथा द्वितीय महायुद्ध (सन् १९३९–४४) दुवैमा नेपाली सेना संलग्न भयो, ब्रिटेनको फौजमा मिसिएर। एकछिन कल्पना गरौँ, चीन र अमेरिकाकै कारण तेस्रो विश्वयुद्ध भयो भने नेपाल कुन देशको फौजमा मिसिएला ? चीन र भारतबीच भाले–भिडन्त भयो भने नेपालको भूमिका के हुन्छ ? युरोप, अमेरिका, चीन, भारत आदिले नेपाललाई गठ्ठाघर वा सिलखाना बनाए भने हाम्रो भविष्य के हुन्छ ? सिंहदरबार, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालयलगायत जताततैबाट विदेशीको हितमा मात्र निर्णय हुन थाले भने नेपाल र नेपालीको भविष्य के हुन्छ ?

अपराध अनुसन्धानमा उल्लखेनीय र असल काम गरेर नेपाल प्रहरीको उच्च सम्मान पायो, कुशल नामको कुकुरले। एउटै चारखुट्टेले हजारौँ दुईखुट्टेलाई लज्जित बनायो। ७–८ जनालाई अनुसन्धानबेगर ‘इन्काउन्टर’ गरेर मारेको भन्दै गत वर्ष प्रहरीको धेरै  आलोचना भयो। निर्मला पन्त काण्डमा प्रहरीको क्षमता, तालिम, दक्षता सबै निर्वस्त्र भयो। रहस्यमय हत्याको छानबिन नहुँदै सहिद घोषणा गरेर १०–१० लाख रुपैयाँ दिने सरकारको निर्णयजस्तै बजारमा दाल÷चामल किन्न आएका मानिसको ‘डिएनए’ परीक्षण ग¥यो प्रहरीले। अन्तर्राष्ट्रिय विमानस्थलबाट अर्बौं रुपैयाँको सुन तस्करी हुँदा प्रहरी र गुप्तचरहरू निदाइरहेका थिए। एउटै गोरे उप्रेतीले कालो दलिदिए।

सन् १९३४ मा पर्सियाको नाम बदलेर इरान भन्न थालियो। ब्रिटेन र रसियासँग सन्तुलित सम्बन्ध बनाए, त्यहाँका शाह अर्थात् राजाले। सुरुमा दुवै देशको प्रभाव देखिए पनि सन् १९१७ को अक्टोबर क्रान्तिपछि रसियाले पर्सियाबाट आफ्ना सेना फिर्ता लग्यो। सन् १९२१ मा ‘इरानको राष्ट्रवादलाई अपमानित हुन नदिने’ उद्घोषण गर्दै सैनिक अधिकृत रेजा पहलवीले सैनिक विद्रोह गरेर शासनसत्ता हातमा लिए। उनले राष्ट्रवादी सरकार बनाए। आफैँ रक्षामन्त्री (युद्धमन्त्री) भए। विदेशीले खोलेका तेल कम्पनी सेनाले कब्जा ग¥यो। सेनाको तर्क थियो– इरान इरानीको मात्र हो, विदेशीको रजाईँ गर्ने ठाउँ होइन।

इतिहास पढ्दा हामी रोमाञ्चित हुन्छौँ। राष्ट्रको धर्म, संस्कृति, परम्परा, मूल्य÷मान्यता र इतिहास नै मासिने अवस्था आउँदा धेरै राष्ट्रमा जनता, सेना, बुद्धिजीवी सबै जाग्छन्। त्यसबेला विदेशीका आज्ञाकारी भाग्छन्।
ब्रिटेनले अफगानिस्तानमा हुकुम चलाउने निहुँमा ब्रिटिस फौजले अफगानिस्तानसँग युद्ध ग-यो। ‘भाडाका सिपाही’ बनेर नेपालबाट गएका ‘गोर्खाली’ युवक पनि युद्धमा सामेल भए। अमानुल्लाह खानले ब्रिटेनका नचाहिँदा सर्त स्वीकार गरेर राष्ट्रलाई क्षति पु¥याएकामा जनता रिसाए। सेना पनि रिसायो। फलतः उनलाई अपदस्थ गरेर सन् १९२९ मा महमद नादिर शाहले सेनाको मद्दतले राष्ट्रवादी सरकार बनाए। ४ वर्षपछि उनको हत्या भयो। त्यसपछि उनका छोरा जाहिर शाहलाई जनताले राजा बनाए।

राजा महेन्द्रको शासनकालमा जाहिर शाहले नेपाल भ्रमण गरेर आफ्ना अनुभव सुनाए। विदेशी शक्तिको दबाबबाट राष्ट्रलाई सुरक्षित राख्न शासक, जनता र सेना मिलेर बस्नुपर्छ भन्ने सल्लाह–सुझाव दिए। सन् १९४६ मा संयुक्त राष्ट्रसंघको सदस्य बन्यो, अफगानिस्तान। जनताका लागि हजाराँै सत्कर्म गरे पनि बाह्य शक्तिको षड्यन्त्रमा परेर सन् १९७३ मा उनको सत्ता पल्टाइयो। त्यसपछि त्यहाँ गृहयुद्ध गराए विदेशीले। लाखौँ मानिस मरे। लाखौँ जना शरणार्थी भए। जनता सयममै ब्युँझिएर विदेशी षड्यन्त्रकारीलाई लखेटेनन् भने विदेशीले हामीलाई शरणार्थी बनाउने निश्चित छ भन्ने शिक्षा यस्ता उदाहरणबाट लिन सकिन्छ।

राष्ट्रको धर्म, संस्कृति, परम्परा, मूल्य÷मान्यता र इतिहास नै मासिने अवस्था आउँदा धेरै राष्ट्रमा जनता, सेना, बुद्धिजीवी सबै जाग्छन्। त्यसबेला विदेशीका आज्ञाकारी भाग्छन्।

सन् १९४८ फेब्रुअरीमा स्वतन्त्र भयो श्रीलंका। भियना महासन्धि (सन् १८१५) अनुसार डच शासकले ब्रिटेनलाई सो भूमि हस्तान्तरण गरेपछि स्वतन्त्रताका लागि जनताले संघर्ष गरिरहे। लामो संघर्षपछि स्वतन्त्र भएको श्रीलंका (पुरानो नाम सिलोन) आफ्नो प्रभावमा रहोस् भनेर अंगे्रजहरूले अनेकौँ कोणबाट खेलिरहे। सन् १९५६ मा राष्ट्रवादी दल सत्तामा आएपछि राष्ट्रवाद प्रबल हुन थाल्यो। सन् १९८० को दशकमा भारतीय मूलका तमिलहरूलाई उकासेर भारतले श्रीलंका टुक्र्याउन खोज्यो। गृहयुद्धमा लाखाँै मानिस मरे। तर शासक, सेना र जनता राष्ट्रवादी भएकाले देश टुक्रिन पाएन। राष्ट्र सर्वोच्च हुन्छ भन्ने सत्यलाई आत्मसात् गरे उनीहरूले।

फ्रान्स र ब्रिटेनको षड्यन्त्रमा परेको थाइल्यान्डले सतर्क भएर कूटनीति सञ्चालन गरिरह्यो। सन् १९४६ मा राष्ट्रसंघको सदस्य भएको सो राष्ट्रमा पटकपटक सैनिक विद्रोह भए पनि राजा, सेना र जनता विभाजित छैनन्। राष्ट्रिय हितका विषयमा सेनाले सूक्ष्म अध्ययन गरिरहन्छ। राष्ट्रघातीलाई सत्तामा जाने मौकै दिँदैन।

राष्ट्रवादको आवरणमा घोर अराष्ट्रवादी र विदेशीका कठपुतली पनि शक्तिशाली बन्न सक्छन्। जर्मनी र नर्वेबीच सम्बन्ध बिग्रदैँ गएपछि नर्वेका नेता क्विजलिङलाई सच्चा राष्ट्रवादी भन्दै जर्मन सरकारले प्रायोजितरूपमा प्रचार गरायो। रक्षामन्त्री भएका बेला उनले आफ्ना राजालाई परास्त गर्न जर्मन फौज बोलाए। जनताले पछि उनलाई मृत्युदण्ड दिए। नेपालमा पनि एकजना कम्युनिस्ट नेताले भारतीय सेना ल्याएर भए पनि राजनीतिक परिवर्तन गर्नुपर्ने प्रस्ताव राख्दा (२०४६ सालमा) मदन भण्डारीले उनको सातो लिएका थिए। जुन कुरा राधाकृष्ण मैनालीले आफ्नो पुस्तकमा लेखेका छन्। तेह्रथुमका वामपन्थी नेता खगेन्द्रराज सिटौलाका अनुसार ललितपुरको एउटा गोप्य बैठकमा रौतहटका एक चर्चित नेताले भारतीय सेना ल्याएर राजा वीरेन्द्रलाई पाता फर्काउनुपर्छ भनेका थिए।

मदन भण्डारीले ‘राजा वीरेन्द्रसँग हाम्रो राजनीतिक मतभेदमात्र हो तर उनी राष्ट्रवादी शासक हुन् भन्दै नेपालमा भारतीय फौज ल्याएर क्रान्ति सफल पार्नुपर्छ भन्नु घोर अराष्ट्रवादी सोच हो, क्षमा माग्दै आत्मआलोचना गर्नुहोस् भनेर थर्काए। ती नेताले क्षमा मागे। मदन भण्डारी त्रिशूलीमा बग्नुप-यो। भारतीय सेना ल्याउनुपर्छ भन्ने नेता प्रधानमन्त्री भए। दुई ठाउँमा हारेको मानिसलाई जनताले तिरस्कार गरेको स्पष्ट बुझिन्छ। कसका प्रतापले उनी प्रधानमन्त्री भए त ? प्रश्नको उत्तर खोज्दै जाँदा हरेक दलमा त्यस्ता राष्ट्रघाती जासुस भेटिन्छन्। पार्टीलाई राष्ट्रवादको सुन्दर बर्को ओढाएर त्यहाँभित्र चीन, भारत, युरोप र अमेरिकाका चल्ला कोरल्ने गरिएको छ। बर्ड फ्लुबाट पनि ती अपराधी सुरक्षित छन्। कीटनाशक विषादी छर्किनेहरू नै मौन बसेपछि भोलि गएर नेपाल विदेशी भालेहरूको संग्रहालय बन्ने निश्चित छ।

‘द ग्रेट चाइनिज रिभोल्युसन’ पुस्तकमा पटकपटक विदेशी हमला भएकै कारण चीनमा राष्ट्रवादको लहर आएको हो भनिएको छ। सन् १९१२ मा राजतन्त्र ढलेपछि चीनविरुद्ध विदेशीले अनेक षड्यन्त्र गरेको इतिहास छ। विदेशी धपाउन युवकहरूले विदेशी देख्नेबित्तिकै दाँत झार्ने बक्सरयुद्ध नै चलाए। नेपालमा भने सयौँ आइएनजिओ र पचासौँ हजार एनजिओमार्फत विदेशीले लाखौँ नागरिकलाई दास बनाएका छन्। सत्तारुढ दलको छाता ओढ्नेहरू सबैभन्दा बढी विदेशीका दानापानीमा रमाएका छन्। करोडौँ कमाएका छन्।

कार्यनीति र रणनीति राष्ट्रवादी देखाउने तर व्यवहारमा महाकाली सन्धिजस्ता राष्ट्रघात गर्ने र क्रिस्चियन गुरुको वीर्यमिश्रित रक्सी (होली वाइन ?) पिएको भन्दै सत्तासीनहरूकै बदनामी भएको छ। सर्वहारा वर्गलाई आजका कम्युनिस्ट शासक चिन्दैनन्। राष्ट्र टुक्र्याउँछु भन्ने र सेना भनेको ‘बलात्कारी फौज हो’ भन्नेहरू वर्तमान प्रधानमन्त्रीका परम मित्रशक्ति हुन् भने राष्ट्रनिर्माताका सन्तति, राष्ट्रवादी शक्ति र धर्म–संस्कृति रक्षा गर्नुपर्छ भन्नेहरूलाई प्रधानमन्त्रीले शत्रुवत् व्यवहार गर्दै आएका छन्। आफ्नै दलका राष्ट्रवादीहरूलाई समेत उनी शत्रु ठान्छन्। अब भन्नुहोस्, यो सरकार कति राष्ट्रवादी हो ?





यसमा तपाईको मत

अन्य समाचार

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

Ncell Footer Ad