coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बसका चालक निदाए पछि...

चितवन-काठमाडौंबाट भैरहवा जाँदै गरेको बस चालकको लापरबाहीका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ । लु१ख ७३९१ नम्बरको बस मंगलबार राति नारायणगढ–मुग्लिन सडक खण्डको रिग्दी खोलानजिक त्रिशूली नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी वसन्त कुँवरले चालक निदाउनाले दुर्घटना भएको बताए ।

‘जहाँबाट बस नदीमा खसेको छ त्यो दुर्घटना भइहाल्ने भौगोलिक अवस्था भएको ठाउँ होइन तर पनि बस सडकबाट नदीमै पुगेको छ । यसमा चालकको गल्ती छ । ऊ निदायो’, एसपी कुँवरले भने । सो दुर्घटनामा परेर रुपन्देहीको लुम्बिनी नगरपालिका १६ घर भएका बसचालक ३० वर्षीय हरिराम हरिजन पनि घाइते भएका छन् ।

यसमा चालकको गल्ती छ । ऊ निदायो’, एसपी कुँवरले भने ।

मुग्लिनदेखि नौ किलोमिटर पर रिग्दी खोलामा राति साढे आठ बजेतिर बस त्रिशूलीमा खसेको थियो । नदीमा आधा डुबेको बसबाट १० जनाको उद्धार भएको थियो । उद्धार गरिएकामध्ये एकको मृत्यु भएको छ । बसका सहचालक रुपन्देही तिलोत्तमा नगरपालिका २० का ३६ वर्षीय जनक महतको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । उनको शव आफन्तले बुझेका छन् । अर्का यात्रु धादिङको नलाङ गाविस ६ का २२ वर्षीय राजु विक हराइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

घाइतेको चितवन भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये धादिङको नलाङ ६ का १९ वर्षीय राजेश विक र१ ८ वर्षीय सुब्बा विक घर फर्केका छन् । धादिङको सलाङ ६ का ३५ वर्षीय कृष्ण नेपालीलाई थप उपचारका लागि काठमाडौं लगिएको चितवन प्रहरीले जनाएको छ ।

नलाङ ६ का २५ वर्षीय कोबी विक र १७ वर्षीय रमेश विक तथा सलाङ ५ का ४२ वर्षीय पहलमान सार्की र ३५ वर्षीय काशीराम नेपाली तथा सालाङकै वडा नं. ७ की ३६ वर्षीया भगवती पाण्डेको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । बसमा ११ जना यात्रु भएको प्रहरीको भनाइ छ ।
नारायणगढ–मुग्लिन सडक खण्डमा भदौ १० गते पनि बस त्रिशूलीमा खस्दा २२ जनाको ज्यान गएको थियो । यस्तै मुग्लिनभन्दा केही पर पृथ्वी राजमार्गको घोप्टेभीरमा पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जीप असोज ९ गते त्रिशूलीमा खसेको थियो । जिपसँगै घिमिरे पनि बेपत्ता छन् । उक्त दुर्घटनामा तीनजनाको घटनास्थलमै निधन भएको थियो ।

प्रकाशित: ४ कार्तिक २०७३ ०४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App