coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘सगरमाथा बेस क्याम्पको यात्रा अविष्मरणीय रह्यो’

काठमाडौं - ‘संसारको सर्वोच्च शिखर सगरमाथाको बेस क्याम्पसम्म पुग्दा मनमा भएको डर हराएको थियो । यसले जीवनको महत्व बुझिई रहेछु’, नेपाल पर्यटन बोर्डले बिहीबार राजधानीमा आयोजना गरेको ‘एभेष्ट बेस क्याम्प एक्सपिरियन्स्’ नामक कार्यक्रममा अभिनेत्री मनीषा कोइरालाले यसो भनी रहँदा उनको मुहारमा अनौठो चमक प्रष्ट देखिन्थ्यो । गत आइतबार सगरमाथाको बेस क्याम्प पुगेकी उनले त्यहाँसम्म पुग्दाको अनुभव सुनाउँदा उनी उत्साहित थिइन् ।

‘सगरमाथा बेस क्याम्पसम्म पुग्दा धेरै कुरा सिक्न पाइयो । यात्रामा भेटिएका आत्मिय मानिसहरू र प्रकृतिले मानसिक र भावनात्मक रूपमा प्रोत्साहित गरेका थिए । हामीसँग हिमालहरू भएपनि त्यसको संरक्षण हुन नसकेको महसुस भयो’, उनले भनिन्, ‘मृत्युको पर्याय मानिने क्यान्सरको हमला हुँदा पीडाले मन ढुकढुक भएको थियो । तर बेस क्याम्प पुग्दा उत्साहले पुनः मन ढुकढुक भयो ।’

लुक्लाबाट आठ दिनको यात्रा गर्दै नाम्चे र गोरखसेप हुँदै उनीसहित १३ जनाको टोली बेस क्याम्प पुगेको थियो । टोली बेस क्याम्प पुग्न नियमित ८ घण्टा हिँडेको थियो । बेस क्याम्पसम्मको यात्राको क्रममा उनले अधिकांश विदेशी पर्यटक भेटिन् । ‘विदेशीहरू सगरमाथा पुग्नकै लागि नेपाल आउने गर्छन् । हाम्रो देश नेपाल यसैको लागि चर्चित छ । हामी नेपालीहरूले सगरमाथा चढ्न नसकेपनि बेस क्याम्पसम्म जान आँट गर्नुपर्छ’, उनले भनिन् । साहस गरेर सगरमाथा बेस क्याम्पसम्म पुग्न सकियो भने त्यहाँ वरपर बस्ने मानिसहरूको समस्या बुझ्ने सकिने अनुभव मनीषाले लिएकी छन् ।

मुम्बईमा बसेर बलिउड फिल्ममा काम गरिरहेकी उनी आफैंलाई हरेक पटक नेपाल आउँदा ‘कहिले नेपाल घुम्न पाउने ?’ भन्ने प्रश्न गरिरहन्थिन् । ‘यसपटक मेरो साथीहरूले सगरमाथा बेस क्याम्प जाने भन्दा सकिन्छ कि सकिँदैन भनेर दोधारमा थिएँ’, मनीषाले भनिन् ।

झण्डै ३० वर्ष लामो फिल्मी करियरको दौरान एकदिन चाँहि सगरमाथा जान्छु भन्ने थियो । सगरमाथा बेस क्याम्पसम्म पुग्दा प्रकृति र विभिन्न जनजातिमा विभाजित मानिसहरूबाट जीवनको सकारात्मक पाटो सिक्न पाइयो । उनीहरूसँग मैले भावनात्मक सम्बन्ध जोड्न पाएकी छु ।

हलमा उपस्थित पत्रकारहरूसँग कुराकानी गरिरहँदा उनी उत्तिकै ‘नोस्टाल्जिक’ पनि बनिन् । पत्रकारसँगको कुराकानीको सुरुवातमा सगरमाथा चढ्नु भनेको साहसिक कुरा भएको प्रसंग सुनाइन् । ‘झण्डै ३० वर्ष लामो फिल्मी करियरको दौरान एकदिन चाँहि सगरमाथा जान्छु भन्ने थियो’, सगरमाथा बेस क्याम्पबाट फर्किएर आउँदा सिकेको कुराहरू उनले सुनाइन्, ‘सगरमाथा बेस क्याम्पसम्म पुग्दा प्रकृति र विभिन्न जनजातिमा विभाजित मानिसहरूबाट

जीवनको सकारात्मक पाटो सिक्न पाइयो । उनीहरूसँग मैले भावनात्मक सम्बन्ध जोड्न पाएकी छु ।’ मनीषा सगरमाथा बेस क्याम्पमा एक रात बस्दा केही डराएकी रहिछन् । ‘सुरुमा केही डराएजस्तो महशुस गरेपनि मध्यरातमा बेस क्याम्पबाट सगरमाथातर्फ हेर्दा सुन्दर दृश्यहरू देखिन्थे । त्यो सुन्दर दृश्यहरू हेर्न पाउँदा आफैलाई भाग्यमानी ठान्दछु ’, उनले भनिन् । आठ दिने बेस क्याम्पको यात्राको क्रममा दिवाकर बेनर्जी र आशितोष गोवारिकरसँग सुन्दर दृश्यहरूबारे कुरा भएको प्रसंग उनले जोडेकी थिइन् ।

सन् १९९१ मा सुभाष घइको फिल्म ‘सौदागर’बाट बलिउडमा ‘डेब्यू’ गरेकी उनले कार्यक्रममा सन् २०१२ को अविस्मरणीय नोभेम्बर महिनासमेत स्मरण गरिन् । सन् २०१२ मा पाठेघर क्यान्सरबाट ग्रसित उनले कार्यक्रममा जीवनको उत्साहमा रमाउन प्रोत्साहित गरेकी थिइन् । ‘कुनै दिन समिट गरौंजस्तै लाग्दैन?’ भन्ने प्रश्नमा उनले भनिन्, ‘फेरि बेस क्याम्प जान्छु । सम्भवतः अन्नपूर्ण र मानसरोवर जान सक्छु ।’

पछिल्लो समय ‘डियर माया’ र ‘सन्जु’ फिल्ममा देखिएकी उनको गत वर्ष ‘हिल्ड’ नामक पुस्तक सार्वजनिक भएको थियो । नेपाली र अंग्रेजी भाषामा अनुवाद भएको उक्त पुस्तक लेखक नीलम कुमारसँगको सहकार्यमा तयार भएको थियो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले समेत बोलेका थिए ।

‘सगरमाथा बेस क्याम्पसम्म पुग्दा धेरै कुरा सिक्न पाइयो। यात्रामा भेटिएका आत्मिय मानिसहरू र प्रकृतिले मानसिक र भावनात्मक रूपमा प्रोत्साहित गरेका थिए। हामीसँग हिमालहरू भएपनि त्यसको संरक्षण हुन नसकेको महसुस भयो’, उनले भनिन्, ‘मृत्युको पर्याय मानिने क्यान्सरको हमला हुँदा पीडाले मन ढुकढुक भएको थियो। तर बेस क्याम्प पुग्दा उत्साहले पुनः मन ढुकढुक भयो।’

लुक्लाबाट आठ दिनको यात्रा गर्दै नाम्चे र गोरखसेप हुँदै उनीसहित १३ जनाको टोली बेस क्याम्प पुगेको थियो। टोली बेस क्याम्प पुग्न नियमित ८ घण्टा हिँडेको थियो। बेस क्याम्पसम्मको यात्राको क्रममा उनले अधिकांश विदेशी पर्यटक भेटिन्। ‘विदेशीहरू सगरमाथा पुग्नकै लागि नेपाल आउने गर्छन्। हाम्रो देश नेपाल यसैको लागि चर्चित छ। हामी नेपालीहरूले सगरमाथा चढ्न नसकेपनि बेस क्याम्पसम्म जान आँट गर्नुपर्छ’, उनले भनिन्। साहस गरेर सगरमाथा बेस क्याम्पसम्म पुग्न सकियो भने त्यहाँ वरपर बस्ने मानिसहरूको समस्या बुझ्ने सकिने अनुभव मनीषाले लिएकी छन्।

मुम्बईमा बसेर बलिउड फिल्ममा काम गरिरहेकी उनी आफैंलाई हरेक पटक नेपाल आउँदा ‘कहिले नेपाल घुम्न पाउने ?’ भन्ने प्रश्न गरिरहन्थिन्। ‘यसपटक मेरो साथीहरूले सगरमाथा बेस क्याम्प जाने भन्दा सकिन्छ कि सकिँदैन भनेर दोधारमा थिएँ’, मनीषाले भनिन्।

हलमा उपस्थित पत्रकारहरूसँग कुराकानी गरिरहँदा उनी उत्तिकै ‘नोस्टाल्जिक’ पनि बनिन्। पत्रकारसँगको कुराकानीको सुरुवातमा सगरमाथा चढ्नु भनेको साहसिक कुरा भएको प्रसंग सुनाइन्। ‘झण्डै ३० वर्ष लामो फिल्मी करियरको दौरान एकदिन चाँहि सगरमाथा जान्छु भन्ने थियो’, सगरमाथा बेस क्याम्पबाट फर्किएर आउँदा सिकेको कुराहरू उनले सुनाइन्, ‘सगरमाथा बेस क्याम्पसम्म पुग्दा प्रकृति र विभिन्न जनजातिमा विभाजित मानिसहरूबाट जीवनको सकारात्मक पाटो सिक्न पाइयो। उनीहरूसँग मैले भावनात्मक सम्बन्ध जोड्न पाएकी छु।’

मनीषा सगरमाथा बेस क्याम्पमा एक रात बस्दा केही डराएकी रहिछन्। ‘सुरुमा केही डराएजस्तो महशुस गरेपनि मध्यरातमा बेस क्याम्पबाट सगरमाथातर्फ हेर्दा सुन्दर दृश्यहरू देखिन्थे। त्यो सुन्दर दृश्यहरू हेर्न पाउँदा आफैलाई भाग्यमानी ठान्दछु ’, उनले भनिन्। आठ दिने बेस क्याम्पको यात्राको क्रममा दिवाकर बेनर्जी र आशितोष गोवारिकरसँग सुन्दर दृश्यहरूबारे कुरा भएको प्रसंग उनले जोडेकी थिइन्।

सन् १९९१ मा सुभाष घइको फिल्म ‘सौदागर’बाट बलिउडमा ‘डेब्यू’ गरेकी उनले कार्यक्रममा सन् २०१२ को अविस्मरणीय नोभेम्बर महिनासमेत स्मरण गरिन्। सन् २०१२ मा पाठेघर क्यान्सरबाट ग्रसित उनले कार्यक्रममा जीवनको उत्साहमा रमाउन प्रोत्साहित गरेकी थिइन्। ‘कुनै दिन समिट गरौंजस्तै लाग्दैन?’ भन्ने प्रश्नमा उनले भनिन्, ‘फेरि बेस क्याम्प जान्छु। सम्भवतः अन्नपूर्ण र मानसरोवर जान सक्छु।’

पछिल्लो समय ‘डियर माया’ र ‘सन्जु’ फिल्ममा देखिएकी उनको गत वर्ष ‘हिल्ड’ नामक पुस्तक सार्वजनिक भएको थियो। नेपाली र अंग्रेजी भाषामा अनुवाद भएको उक्त पुस्तक लेखक नीलम कुमारसँगको सहकार्यमा तयार भएको थियो। कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले समेत बोलेका थिए।

प्रकाशित: ६ वैशाख २०७६ ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App