८ वैशाख २०८१ शनिबार
अर्थ

युनाइटेड सिमेन्ट्सको विशेष ग्राहक योजना

काठमाडौं – नया“ वर्षको उपलक्ष्यमा युनाइटेड सिमेन्ट्सले आफ्ना ग्राहकको लागि ‘युनाइटेड सिमेन्ट्सको उपहार सररर..... कार’ नामक योजना ल्याएको छ । यो योजनाअन्तर्गत हरेक २५ बोरा युनाइटेड सिमेन्ट खरिदमा ग्राहकले एउटा स्क्र्याच कुपन प्राप्त गर्न सक्नेछन् ।

कुपन स्क्र्याच गरेर ग्राहकले कम्तीमा पाँच ग्राम चा“दी प्राप्त गर्नुका साथ अन्य १० देखि ५० ग्राम चा“दी तथा एक ग्रामदेखि एक तोलासम्म सुन जित्ने मौका पाउने बताइएको छ । पाँच ग्राम चा“दी सिमेन्ट किनेको पसलबाट तुरुन्तै पाइने कम्पनीले जनाएको छ ।\

यसका साथै योजनाको अन्त्यमा हुने बम्पर लक्की ड्रबाट पाँच जोडीले दुबई भ्रमण र एक भाग्यशाली विजेताले हुन्डाई स्यान्ट्रो कार जित्न सक्ने बताइएको छन् ।

प्रकाशित: ६ वैशाख २०७६ ०२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App