coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नबिल म्युचुअल फन्ड

काठमाडौं – नबिल बैंकले पहिलो रोजाइको सम्पूर्ण वित्तीय सेवा प्रदायक बन्ने लक्ष्य अनुरुप नेपालको पुँजी बजारमा सामूहिक लगानी कोष अन्तर्गत विभिन्न योजना सञ्चालन गर्न नेपाल धितोपत्र बोर्डमा ‘नबिल म्युचुअल फन्ड’ दर्ता गराएको छ।

नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड (नबिल इन्भेस्ट) ले योजना व्यवस्थापक तथा डिपोजिटरीको रुपमा नबिल म्युचुअल फन्डको पहिलो योजना नबिल ब्यालेन्स्ड फन्ड १ मा सेवा प्रदान गर्दै आएको थियो ।
नबिल ब्यालेन्स्ड फन्ड–१ को सफलतापछि नबिल म्युचुअल फन्डले आफ्नो तेस्रो योजना नबिल ब्यालेन्स्ड फन्ड–२ ल्याएको छ। यो एक बन्दमुखी योजना रहेको जारी विज्ञप्तिमा उल्लेख छ। यसको आकार एक अर्ब २० करोड रुपैयाँ र अवधि १० वर्ष रहेको बैंकले जनाएको छ।

यो योजनाको उद्देश्य प्रचलित सामूहिक लगानी कोष नियमावली र निर्देशिकाको अधीनमा रही एकाइ बिक्रीबाट उठेको वा संकलन भएको रकमलाई विविध क्षेत्र र उपकरणमा जोखिम न्यूनीकरण गर्दै लगानी गरी सोबाट आर्जन भएकोे मुनाफा एकाइ धनीलाई वितरण गर्नु रहेको बैंकले जनाएको छ।

यस योजनाको एकाइहरु नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गरी कारोबार र तरलताको व्यवस्था मिलाइने बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ६ वैशाख २०७६ ०१:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App