coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कुमारी–ब्लु क्रस सम्झौता

काठमाडौं – ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र ब्लु क्रस हस्पिटल प्राइभेट लिमिटेडबीच एक सम्झौता भएको छ।

कुमारीका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र ब्लु क्रसका कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजतकृष्ण श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार ब्लु क्रसका विभिन्न स्वास्थोपचार सेवा शुल्क कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा आकर्षक छुट पाइने छ। कुमारी बैंकका ग्राहकले डेबिट वा क्रेडिट कार्डको प्रयोग गरी भारतको नयाँ दिल्लीस्थित मेदान्त हस्पिटल सहित नेपालका विभिन्न स्वास्थ्य सेवा प्रदायक संस्थामा पनि विशेष छुट प्राप्त गर्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ६ वैशाख २०७६ ०१:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App