७ वैशाख २०८१ शुक्रबार
खेल

एपीएफ र प्रदेश १ विजयी

दाङ – आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत लमहीमा भएको महिला क्रिकेट प्रतियोगितामा बिहीबार भएको खेलमा एपीएफ र प्रदेश १ विजयी भएका छन्।

एपीएफ ७ विकेटले र १ नम्बर प्रदेश १० विकेटले विजयी भएको हो। सुदूरपश्चिम र एपीएफबीचको खेलमा सुदूरपश्चिमले ७१ रन जोड्न सफल भयो। ७२ रनको लक्ष्य पछ्याएको एपीएफले  १२.४ ओभरमा लक्ष्य पूरा ग-यो। यस्तै विहिवारको दोस्रो खेलमा प्रदेश २ लाई १० विकेटले हराउँदै प्रदेश १ विजयी भयो।

टस जितेर प्रदेश १ ले फिल्डिङ रोजेको थियो। प्रदेश २ ले २० ओभरको खेलमा आठ विकेट गुमाउँदै ५४ रन बनायो। प्रदेश नम्बर १ ले ९.५ ओभरमा लक्ष्य भेटाउन सफल भयो। बिनाविकेटको क्षति मा ५७ रन हान्दै लक्ष्य भेट्टाउन सफल भएको हो। शुक्रबार बिहान प्रदेश ५ र ४ बीचमा र दिउँसो एपीएफ र प्रदेश ३ बीचमा खेल हुने छ । 

 

 

प्रकाशित: ५ वैशाख २०७६ १४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App