coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गृहसचिव र प्रहरी महानिरीक्षक सम्मानित

काठमाडौँ– बेरुजु फर्स्याेटमा उत्कृष्ट काम गरे वापत गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालसहित अन्य कर्मचारीलाई आज सम्मान गरिएको छ।

सचिव राई र महानिरीक्षक खनाललाई आठ हजार रुपैयाँ नगदसहित प्रशंसापत्र तथा गृह मन्त्रालयका उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृत फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई नगद ६ हजार रुपैयाँ सहित प्रशंसापत्रद्वारा सम्मान गरिएको छ। गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले  सम्मान गर्दै भविष्यमा समेत थप उत्कृष्ट कार्य गर्न आग्रह गरे।

यो कार्यक्रमले अन्य मन्त्रालयलाई पनि प्रेरणा प्रदान गर्ने उनको भनाइ छ। गृहमन्त्री थापाले भने, 'विकास र समृद्धिको लक्ष्य सरकारले लिएको छ, यसका लागि सुशासन अनिवार्य भएकाले यसतर्फ गम्भीर सबै गम्भीर भएर लाग्नुपर्छ।' गृह मन्त्रालय र सो अन्तर्गतका निकायहरुको आव २०७३/७४ र आव २०७४/७५ मा ६३ दशमलव शुन्य तीन प्रतिशत रकम फर्स्याेट गरेको छ । कूल चार अर्ब ३० करोड ९७ लाख रुपैयाँमध्ये दुई अर्ब ७१ करोड ६२ लाख रुपैयाँ बेरुजु फर्स्याेट भएको छ। यस्तै नेपाल प्रहरीको आव २०७३/७४ सम्मको बेरुजु  ६८ करोड ४१ लाख रुपैयाँ मध्ये ८५ दशमलव १४ प्रतिशत अर्थात् ५८ करोड २५ लाखरुपैयाँ बेरुजु फर्स्याेट भएको छ।

बेरुजु फर्स्याेट मूल्याङ्कन तथा अनुगमन समितिले बेरुजु फर्स्याेटमा संलग्न उक्त अवधिमा कार्यरत प्रशासकीय प्रमुख र कर्मचारीलाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्न सकिने पत्रानुसार उनीहरुलाई गृह मन्त्रालयले सम्मान गरेको हो। रासस

प्रकाशित: ५ वैशाख २०७६ ०९:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App