७ वैशाख २०८१ शुक्रबार
समाज

३५ किलो गाँजासहित तीन जना पक्राउ

सर्लाही– सर्लाही प्रहरीले ३५ किलो गाँजासहित बिहीबार तीन जनालाई पक्राउ गरेको छ।

लालबन्दी नगरपालिका–५, रञ्जितपुरका ५६ वर्षीय आन्द्रा भन्ने बिजबहादुर गोले, लालबन्दी नगरपालिका–१४, नारायणखोलाका ३५ वर्षीय धर्मलाल वाइवा एवं ३५ वर्षीय लालबहादुर थिङलाई गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले गोलेको घरमा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक किरणप्रसाद न्यौपानेले जानकारी दिए।

प्रहरी निरीक्षक न्यौपानेले प्रारम्भिक अनुसन्धानका क्रममा वाइवा र थिङले नारायणखोलादेखि लुकाइछिपाई गाँजा लिएर आएको र गोलेले घरमा राख्न दिएको खुलेको बताए। गाँजासहित पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरी कारबाही प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ।

सर्लाहीको उत्तरी सीमावर्ती क्षेत्र सिन्धुली र मकवानपुरका जिल्लामा उत्पादन हुने अवैध लागूऔषध गाँजा सर्लाहीका उत्तरी कच्ची बाटोहुँदै भारतसम्म तस्करी हुने गरेको जानकारहरुले बताउने गरेका छन् । चापिनी, लखन्देही, बाँके लगायत खोलाको बाटो हुँदै  गाँजा ओसारपसार गर्ने गरिएको बताइन्छ।

प्रकाशित: ५ वैशाख २०७६ ०९:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App