७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

पेरुका पूर्वराष्ट्रपतिले गरे आत्महत्या

काठमाडौं - पेरुका पूर्वराष्ट्रपतिले आत्महत्या गरेका छन्।  भ्रष्टाचार आरोप लागेका पूर्वराष्ट्रपति एलेन गार्सियाले गोली हानी आत्महत्या गरेका हुन् ।
बीबीसीका अनुसार पक्राउ गर्न प्रहरीहरु निवासमा आएपछि उनले आफैंलाई गोली हानेर आत्महत्या गरेको थिए।

वर्तमान राष्ट्रपति भिस्काराले ट्वीट गर्दै पूर्वराष्ट्रपति गार्सियाको निधनको पुष्टि गरेका छन् । यो घटनाले आफू ‘स्तब्ध’ भएको भन्दै उनले परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

पक्राउ गर्न गएको प्रहरीले संचारमाध्यमलाई दिएको जानकारी अनुसार प्रहरी घरमा आएपछि उनी फोन गर्न भन्दै अर्को कोठामा गएका थिए । त्यसपछि उनले ढोका बन्द गरे । उनी रहेको कोठाभित्र गोली चलेको आवाज आएपछि प्रहरीले ढोका खोलेर हेर्दा उनी कुर्सीमा बसिरहेका थिए र टाउकोमा गोली लागेर गम्भीर घाइते भएका थिए। त्यसलगत्तै प्रहरीहरुले राजधानी लिमास्थित अस्पतालमा उपचार गर्न लगेपनि चिकित्सकहरुले बचाउन सकेनन्।

गार्सिया सन् १९८५ देखि १९९० र सन् २००६ देखि २०११ सम्म गरी दुई पटक राष्ट्रपति बनेका थिए । राजधानीमा मेट्रोलाइन परियोजनासँग सम्बन्धित निर्माण कम्पनी ओडुब्रेस्टसँग ३ करोड डलर घुस लिएको आरोप उनीमाथि लागेको छ । यद्यपि उनले सो आरोप अस्वीकार गर्दै आएका थिए ।

प्रकाशित: ५ वैशाख २०७६ ०६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App