लोकतन्त्रको लडाइँ

बिहिबार, ०५ बैशाख २०७६, ११ : ३५ डा. सुन्दरमणि दीक्षित

हामीले लोकतन्त्रकै लागि भनेर २००७ सालको परिवर्तन ल्यायौँ। त्यसपछि पनि जति आन्दोलन भए, ती सबैमा हामी लोकतन्त्रकै निम्ति सडकमा उत्रियौँ। आखिर लोकतन्त्रकै लागि हामी किन यसरी बारम्बार लड्नुपरेको ? एकपटक लोकतन्त्र आइसकेपछि त पटकपटक लड्नुनपर्ने हो ! संसारमा लोकतन्त्रको राम्रो जग बसेका मुलुकहरूलाई हेर्ने हो भने यसरी सधैँ संघर्ष गरिरहनुपर्ने देखिँदैन। अमेरिका, बेलायत, युरोप, अस्टे«यलया, भारत इत्यादी जो लोकतन्त्रका लागि उदाहरणीय देश हुन् तिनमा हामीकहाँ जस्तो स्थिति देखिन्न। तर विश्वमा हाम्रै जस्तो पटकपटक लोकतन्त्र मासिने मुलुक पनि कम छैनन्। हाम्रै निकटका छिमेकी, अफ्रिका, दक्षिण अमेरिकामा पनि प्रशस्तै यस्ता उदाहरण छन्। प्रश्न उठ्छ– किन कुनै देशमा एकपटक प्राप्त भइसकेको लोकतन्त्र फेरि गुम्छ ?

लोकतन्त्र–लोकतन्त्र त हामी भन्छौँ तर यसको सही अर्थ बुझेका छौँ त ? वास्तवमा लोकतन्त्र भनेको आफ्नो हक प्रयोग गर्दा अरूको अधिकार हनन भएको छ कि छैन त्यो विचार गर्नुपर्छ। आफ्नोभन्दा समाजको हित हेर्नुपर्छ। अनि मात्र लोकतन्त्रको मर्म बुझेको ठहरिन्छ। लोकतन्त्र त्यस्तो व्यवस्था हो जहाँ एक नागरिकले अर्कोको हकहित सुरक्षित गर्छ। यो कुरा बच्चा–बच्चामा बोध हुने गरेर अगाडी बढ्नुपर्छ। यस्ता कुरा स्कुलको पाठ्यक्रममै राखिनुपर्छ। अरूको उपकार गर्नु नै पुण्य हो भने पीडा दिनु पाप हो भन्ने यो एउटा शिक्षा मात्र पनि स्कुलदेखि नै दिन सक्यौँ भने त्यही बच्चा पछि गएर एउटा असल नागरिक बन्छ। यही मार्गदर्शन र शिक्षा अभावमा हामीले जनस्तरमा लोकतन्त्र गुमाउनुपरेको छ। किनकि जब हामी एकअर्काका मित्र होइन, शत्रु बन्छौँ र आपसमा झैझगडा गर्छाैँ तब त्यसको फाइदा अलोकतान्त्रिक शक्तिहरूले उठाउँछन्। र,  कति दुःख गरेर प्राप्त गरिसकेको अधिकार फेरी गुमाउन पुग्छौँ।

हामीमाथि राज्य गर्नेहरूले लोकतन्त्रबारे राम्रै अध्ययन गरुन्। त्यसको मर्मबारे राम्ररी चिन्तन गरुन्।

लोकतन्त्ररूपी तराजुको एकातिर जनताको मूलतः सुरक्षित हुनुपर्ने गाँस, बास, कपास, शिक्षा, रोजगारीसहित वाक् स्वतन्त्रता, निष्पक्ष न्याय प्रणाली र व्यक्तिगत सुरक्षाको अधिकार हुनुपर्छ भने अर्कातिर प्रत्येक नागरिकले निर्वाह गर्नुपर्ने आफ्ना कर्तव्य र दायित्व। हामीले आफ्ना कर्तव्य र दायित्व भुल्यौँ भने निश्चित छ, हाम्रा सारा हकअधिकार पनि हावाले उडाएर लानेछन्। विडम्बना, हामी नागरिक र सरकारले यो ठूलो गल्ती पटकपटक दोहो¥याउँदै गयौँ जसका कारण आइसकेको लोकतन्त्र पटकपटक गुमायौँ। हाम्रा सकारहरूले अघि उल्लिखित तराजुको पहिलो पाटो पर्याप्त रूपमा कार्यान्वयन गराउन सकेनन् भने नागरिकले दोस्रो पाटोप्रति ध्यान पु¥याउन सकेनन्। हरेक ‘कू’ को कारक यही हुन्।  

हामी आफैँले आफैँलाई प्रश्न गरौँ– लोकतन्त्र, समाज र राष्ट्रहित तथा राजनीतिक स्थिरताका लागि हामी जति अनुशासित हुनुपर्ने हो त्यति छौँ ? देश निर्माणका लागि जुन कर्तव्य हो त्यो हामीले पालना ग¥यौँ ? एकपटक हाम्रा अनुशासनहीन केही कर्म मात्र मनन गरौँ त ! राजधानीमा फोहोरमैला जम्मा भएर दुर्गन्ध हुन्छ तर हामी सबै अरूका आँखा छली–छली आफ्ना घरका फोहोर–मैला फुत्त सडकमा फ्याँक्छौँ। जति सकिन्छ त्यति विद्युत् चोरी गर्छाैँ अनि बिजुलीमा केही गडबड हुनासाथ विद्युत् प्राधिकरणलाई सराप्छौँ। हामी कोही पनि खानेपानीका पाइपमा पम्प लगाएर पानी आपूmतिर तान्न हिचकिचाउँदैनौँ। तर त्यसो गर्दा अलि पर घर भएकाहरूलाई पानी पुग्दैन र पम्प नहुनेका गाग्रा त रित्तै हुन्छन् भनेर सोच्दैनौँ। हो, पानी कम छ तर समान बाँडेर पिए समस्या कम हुन्छ। ढुंगेधारोमा पानी सुक्छ, वरपर ठूल्ठूला भवन बनाउनाले जनताले पिउने पानी पनि पाउँदैनन् तर हामी एक इन्च जमिन पनि नछाडी भव्य महल बनाउँदै जान्छौँ। समाजको हित हामीले कहाँ हे¥यौँ ? हामी भ्रष्टाचार गछौँ, आफ्नै नागरिकले घुस नदिएसम्म दिनु दुःख दिन्छौँ। तर जनताका काम नहुनुमा उनीहरूलाई दोष दिन्छौँ– कागजात नै पुगेन भनेर। हामी गाडीमा जथाभाबी भाडा लिन्छौँ, स्कुलमा मनपरी भर्ना शुल्क असुल्छौँ, यो अनुचित हो भनेर कारबाही अगाडि बढाउँदा हामी बन्द र हड्तालको धम्की दिन्छौँ अर्थात् गर्छाैँ।

घुस दिँदै र लिँदै अनि कमिसनको खेल खेल्दै हामी जंगल, नदीनालाको बलात्कार गर्छौँ र राष्ट्र नष्ट पार्ने काम गर्छौँ, अनि कारबाहीको चेतावनी आएपछि देश विकासमा रोक लगाइयो भन्छौँ। हामी हरेक विकास निर्माणमा कमिसन, घुस नलिई काम गर्दैनौँ।  अनेक बहाना बनाएर ठेकेदारले कामको समय लम्ब्याउँछ र थप रकम माग्छ अनि नदिए सुस्त बस्छ तर उसबाट घुस लिने हामी मौन हुन्छौँ, कारबाही गर्न सक्दैनौँ चाहे जनताले जति दुःख पाउन्। लिएको कमिसन पचाउन मुकदर्शक बन्छौँ। अनगिन्ती छन्, यस्ता तŒवहरू जसले लोकतन्त्र कमजोर बनाइरहेका छन्। हामी लोकतन्त्र डुब्यो भनेर रुन्छौँ तर यस्ता अवाञ्छित क्रियाकलाप रोक्न तथा दोषीलाई कारबाही गर्न तत्परता देखाउँदैनौँ। आफ्नो समाजमा अनियमित कार्य गर्नेहरूलाई हामी सामाजिक बहिष्कार गर्न सक्दैनौैैँ बरु पाए आफैँ त्यसरी मालामाल हुनेतिर लाग्छौँ। हाम्रो समाज हेर्दा यस्तो लाग्छ कि यो लोकतन्त्र भोग गर्न सक्नेगरी हुर्किसकेकै छैन। लोकतान्त्रिक विधि सञ्चालन गर्ने गुण र क्षमता हामीमा देखिएन। यो स्थिति यथाशीघ्र सच्चिनुपर्छ नत्र अनिष्ट हुन्छ।

स्मरण रहोस्, हामी जति स्वतन्त्रता चाहन्छौँ त्यति नै मात्रामा आपूmमाथि नियन्त्रण राखे मात्रै त्यो प्राप्त गर्न अधिकार हामीलाई हुन्छ। समाज र राष्ट्रमा स्वतन्त्रता त्यहाँ हुन्छ जहाँ हरेक व्यक्ति नियन्त्रित र अनुशासित हुन्छन्। नत्र त स्वतन्त्रता छाडा हुन्छ। लोकतन्त्र भनेको लोक (जनता) भित्रैबाट राज्य सञ्चालन गर्ने व्यवस्था हो। यसैकारण हाम्रो समाजमा जे–जे कमी–कमजोरी भएका व्यक्ति छन्, तिनै मध्येबाट हामी राज्य सञ्चालन गर्ने प्रतिनिधि पठाउन बाध्य छौँ। अनि हामी जसलाई चुनेर नेता बनाउँछौँ, उसमा ती खराबी नहुने कुरै भएन। हामी जस्ता छौँ, नेता पनि त्यस्तै पाउने हौँ, यो कटुसत्य हो। त्यसैले पटकपटक लोकतन्त्र गुमायौँ भनेर नेताहरूलाई मात्र सत्तोसराप गरेर हामी नागरिक पनि पानीमाथिको आभानो हुन पाउँदैनौँ। अर्काे कुरा, सत्तामा पुग्नासाथ नेताहरूका भ्रष्ट प्रवृत्ति झनै बढ्नु पनि बारम्बार लोकतन्त्र गुम्नुको ठूलो कारण बनेको छ। यसबाट हामी कहिले माथि उठ्ने ?

पहिलो कुरा त लोकतन्त्रमा दलहरू नै सर्वेसर्वा हुन्। दल नभई लोकतन्त्र हुँदैन। पञ्चायतकालमा दलविहीन प्रजातन्त्र भनियो, त्यो धेरै टिकेन। हामीले भोगेकै कुरा हो। यसकारण लोकतन्त्र बचाउन तथा यसलाई बलियो र दीगो बनाउन दलहरू नै बलियो हुन आवश्यक छ। दलहरू नै स्वच्छ र लोकतान्त्रिक बन्नुपर्छ। तिनमा भ्रष्टाचार, नातावाद, कृपावाद, काखा र पाखाजस्ता दुर्गुणहरू हुनु हुँदैन। अनुशासनहीन र सिद्धान्तविहीन बन्नु हँुदैन। विडम्बना, अहिले सबै दलमा यी कमि–कमजोरी कुनै न कुनै रूप र मात्रामा रहेको देखिन्छ। लोकतन्त्र बचाइराख्न दलहरू नै स्वच्छ हुनुपर्छ भन्नुको अर्थ हो– तिनका नेता निष्कलंक हुनुपर्छ। तिनमा उच्च अनुशासन, नैतिकता सिद्धान्त एवं राष्ट्रिय भावना हुनुपर्छ। आफूलाई जनताको सेवक ठान्नुपर्छ (भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त आपूmलाई ‘चौकिदार’ नै भनेका छन्)।

लोकतन्त्रको माग भनेको व्याप्त दुर्गुणबाट अलग्गिएका, सप्रिएका दलका नेता नै हुन्। सर्वप्रथम आफैँ सुधारिएर जनता सुधार्नसक्ने, समाज स्वच्छ पार्नसक्ने गुण भएका नेता लोकतन्त्रका लागि अनिवार्य छ। उचित नैतिक शिक्षा दिनसक्ने व्यक्ति हाम्रो मुलुकमा नभएका हैनन् तर तिनबाट ज्ञान लिन कुनै राजनीतिज्ञ गएको देखिएको छैन। पौराणिक कालका राजाहरू ठूल्ठूला ऋषिमुनिका आश्रममै पुगेर शिक्षा र सल्लाह लिन्थे। पछिल्लै समय पनि राजा महेन्द्रले श्री गलेश्वर बाबासँग तथा राजा वीरेन्द्रले खप्तड स्वामीसित परामर्श गरेको हामीले देखेका हौँ। आज आश्रममै नगए पनि समाजमा भएका त्यस्तै शुद्ध व्यक्तिहरूसँग सल्लाह लिन सकिन्छ। नेताको अर्को गुण भनेको जनताका कुरा सुन्नसक्नु हो।
आश्चर्यको कुरा के छ भने सरकार हाँक्नेहरूले आफ्नो योग्यता, क्षमताको कुनै परीक्षा दिनु नपर्ने !  चुनाव जितेर आउँछन् र अध्ययन नै नगरेको विषयको मन्त्रालय सम्हाल्न पुग्छन्। कस्तो अचम्मको स्थिति छ भने हाम्रो संसदीय प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीले विषयविज्ञ व्यक्तिलाई कुनै मन्त्रालयको जिम्मा दिन पाउँदैनन्, सक्दैनन्, किनकि उनले चुनिएर आएका सांसदमध्येबाटै मन्त्री छान्नुपर्छ। अनि जति चाहे पनि देश कसरी सही दिशामा जाओस् ! कसरी मन्त्रालयका निर्णयहरू ठीक होउन् ! सधैँ सबै मन्त्रालयमा गलत निर्णय नै हुन्छन् भन्न खोजिएको हैन, कतिपय मन्त्रीले धेरै राम्रा काम पनि गरेका छन्।

राष्ट्रपतीय प्रणालीमा भए यो कमजोरी हुने थिएन। जुन व्यवस्थामा राष्ट्रपतिले देशभरबाट विषयविज्ञ चुन्न र तिनलाई विषयअनुसारका मन्त्रालय सुम्पन पाउँछन्,  जस्तो अमेरिकामा छ। हाम्रो देशको संविधानले यो राज्य प्रणाली आत्मसात् गर्न सकेन हामी केहीले सडकबाट जति दबाब दिए पनि। यो संविधानको कमजोरीबाट हामी माथि उठ्न सक्यौँ भने हाम्रो प्रगति द्रुत गतिमा हुन्थ्यो जुन परिवर्तन अहिलेको दुई तिहाइको संसदीय शक्तिले चाह्यो भने सक्छ तर राष्ट्रपतीय प्रणाली भिœयाउने हिम्मत अहिलेका कुन नेतामा होला र !

अन्त्यमा भन्नैपर्छ– हामीमाथि राज्य गर्नेहरूले लोकतन्त्रबारे राम्रै अध्ययन गरुन्। त्यसको मर्मबारे राम्ररी चिन्तन गरुन्। निर्वाचन जित्दैमा कुनै व्यक्तिले लोकतन्त्र बुझेको छ र दायित्व बोध गरेको छ भन्न सकिन्न। सिक्ने अवसर दिनकै लागि प्रधानमन्त्रीले नबुझेका नेतालाई कुनै मन्त्रालय सुम्पिनु हुँदैन। प्रधानमन्त्री दलविशेषको नभई सिंगो राष्ट्रकै बन्न सक्नुपर्छ। राज्य सञ्चालन गर्दा कसैलाई काखा, कसैलाई पाखा गर्नुहुन्न। जनताले पनि लोकतान्त्रिक व्यवस्थाप्रति प्रतिवद्ध भई अनुशासनमा रहेर काम, व्यवहार गर्नुपर्छ। अनि मात्र समृद्ध नेपाल, सुखी नेपालीको यात्रामा अघि बढ्न सकौँला, लोकतन्त्र फेरि गुम्ने स्थिति नआउला।
 

 








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad