७ वैशाख २०८१ शुक्रबार
समाज

ढालियो विस्केटको लिंगो

फाइल फोटो

भक्तपुर–बिस्केट जात्राको क्रममा भक्तपुरको पोटरी स्क्वायरमा उठाइएको हात नभएको लिंगो बिहीबार ढालिएको छ। बिस्केट जात्राको सुरुको दिनमा उठाइने यो लिंगोलाई जात्राको अन्तिम दिन ढाल्ने परम्परा रहेको छ। चैत २७ गते उठाइएको लिंगोलाई प्रत्येक वर्ष वैशाख ५ गते ढाल्ने परम्परा छ।

यसअघि वैशाख १ गते ल्योसिंखेलमा उठाइएको ५५ हात लामो हात भएको लिंगो ढालिएको थियो। यो लिंगोलाई प्रत्येक वर्ष चैतको मसान्तमा उठाइ त्यसको भोलिपल्ट अर्थात बैशाख १ गते ढाल्ने परम्परा छ।

भक्तपुरको बिस्केट जात्राको मुख्य आकर्षण यी लिंगो उठाउनु र ढाल्नु हो। साथै जात्राको अर्काे आकर्षण भैरबनाथको रथ तान्नु हो। आज विहीबार साँंझ भैरबनाथको रथ तान्ने क्रमको समाप्तिसँंग आठ रात नौ दिन लामो भक्तपुरको बिस्केट जात्रा सम्पन्न हुँंदैछ।

प्रकाशित: ५ वैशाख २०७६ ०५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App