coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रिब्दीकोट गाउँपालिकामा बम विष्फोट

विस्फोट भएको रिब्दीकोट गाउँपालिका भवन र क्षति पुगेका सामाग्री। तस्वीरः मुक्ति/नागरिक

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका परिसरमा बम विस्फोट भएको छ। बिहीबार बिहान १ः२५ मा  बम विस्फोट हुँदा कम्प्यूटर, फोटोकपी मेशिन र झ्यालका शिशाहरु फुटेका छन्।

रिब्दीकोट गाउँपालिका–४, खस्यौलीमा रहेको भवनको बाहिरपट्टी बम बिस्फोट भएको हो। प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बम बिस्फोट हुँदा गाउँपालिकाको सेवाग्राहीका लागि निर्माण गरेको सेडको छाना, कार्यालयका झ्याल, फोटोकपी, कम्प्युटरमा क्षति पुगेको बताए। उनले बम कसले र किन पड्काएको भन्ने विषयमा प्रष्ट नभएको तर बन्दको पूर्वसन्धामा भएको विस्फोट विप्लव माओवादी निकटका कार्यकर्ताले गराएको हुनसक्ने बताए। टायरमा सुतली बम राखेर विस्फोट गराइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए।

गाउँपालिका अध्यक्ष नारायण जिसीले गाउँपालिकाको सेवाग्राही प्रतिक्षालयसँगैको वडा नम्बर ३ कार्यालयमा बढी क्षति पुगेको बताए। वडा नं. ३ कार्यालयको कम्प्यूटर, फोटोकपी र प्राविधिक कक्षका झ्यालका सिसाहरु फुट्नुका साथै किसानहरुलाई बाँड्नका लागि राखिएको घाँसको बिउ लथालिङग भएको अध्यक्षका निजी सचिव शिव जिसीले बताए।

बिहीबार नेत्र विक्रम चन्द विप्लव समूहले नेपाल बन्द घोषणा गरेकाले पनि सर्वसाधारणलाई आतंकित पार्न बम विष्फोट गराएको हुन सक्ने स्थानीयले बताए।
 

प्रकाशित: ५ वैशाख २०७६ ०४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App