coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

दौरा सुरुवाल नलगाएसम्म सिंहदरबारमा पुग्न गाह्राे छ: बाबुराम

दौरा सुरूवालमा बाबुराम भट्टराई

काठमाडौं – गत फागुनमा पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले दौरा सुरुवाल लगाएको तस्बिर ट्वीटरमा राख्दा त्यो तस्बिर भाइरल नै भयो।उनलाई फलोअरहरूले सकारात्मक र नकारात्मक दुवै टिप्पणी गरे। प्रधानमन्त्री हुँदा पनि दौरा सुरुवाल नलगाएका डा. भट्टराईले नागरिक नेटवर्कको कार्यक्रम ‘ढुक्क हुनुस्ः केही नहुन्जेल केही पनि हुँदैन’ नामक कार्यक्रममा नेताले दौरा सुरुवाल लगाउनुको रहस्य खोलेका छन्।

नेपाल कन्फ्युज पार्टीका पुष्पकमल गजुरेलका रूपमा कार्यक्रम सञ्चालक बनेका मनोज गजुरेलसँगको अन्तरसंवादमा गजुरेलले आफु बाबुराम दौरा सुरुवाल लगाएर आउलान् भन्ने लागे पनि टाइसुटमा आएको बताएका थिए। ‘तपाईंलाई जहिल्यै राम्रो सुझाव दिँदा तपाईंलाई स्वीकार्न गाह«ो पर्छ। मैले गणतन्त्र ल्याउँ भनें। तपाईंले यो त पुजीवादी नारा हो भनेर बडो बद्नाम गर्नुभयो। पछि मैले गणतन्त्र भन्दा साथीहरूले लोकतान्त्रिक गणतन्त्र त पुँजीवादी हो भने। पछि तपाईंले नै गणतन्त्र क्रान्तिकारी हो भन्दा साथीहरूले माने’, डा. भट्टराईले भनेका छन्, ‘त्यसकारण दौरा सुरुवाल नलगाएसम्म सत्ता वा सिंहदरबारमा पुग्न गाह«ो छ। त्यसकारण त्यहाँ पुग्ने बाटो सही छ।’

मनोजले डा. भट्टराईसँग आफुले जिन्दगीको लगभग आधा उमेर सँगै बिताए पनि अहिलेसम्म डा. भट्टराईलाई चिन्न नसकेको बताएका छन्। जवाफमा भट्टराई नेपालको पहिलो राष्ट्रपतीय निर्वाचनको समय सम्झिएका छन्। ‘तपाईंलाई राष्ट्रपति बनाउन खोजेकै हो। म आफैंले पहिलो घोषणापत्र लेखेर तपाईंलाई पहिलो गणतन्त्र नेपालका पहिलो राष्ट्रपति कमरेड प्रचण्ड भनेर प्रचार गरेकै हो। तर दुर्भाग्य बनाउन सकिएन’, डा. भट्टराईले भनेका छन्, ‘हालसालै मैले के पढें भने हामीले मान्दै आएको लेनिनको जुन महान देश हो। यसको एउटा भाग अहिले युक्रेन भएको छ। त्यहाँ चिनिएका हाँस्य कलाकार भोलोदिमिर जेलेन्स्की राष्ट्रपतिको पहिलो चरणको निर्वाचनमा फष्ट भएर आएका छन्। दोस्रो चरण जित्छन् भन्ने छ। तपाईं पनि त्यहीको निर्वाचनबाट प्रेरणा लिएर आउनुहोस् भन्ने शुभकामना छ।’

डा. भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएपछि नेपालमा उत्पादक शक्तिको विकासमार्फत आर्थिक विकास गरेर पुँजीवादी औद्योगिकरण गरेर समाजवादको यात्रामा जानुपर्छ भनेर नयाँ शक्ति सुरु गरेको बताएका छन्। उनले आगामी चार वर्ष पछि हुने निर्वाचनमा आफ्नो पार्टी ठूलो पार्टी हुने दाबी पनि गरेका छन्। उनले २०४८–२०४९ सालमा जनमोर्चा बनाएर सँगै चुनाव लडेको स्मरण गर्दै त्यो बेला ९ सिट ल्याएर जनमोर्चा तेस्रो पार्टी भएको बताए। ‘हामीले जनयुद्ध गरेर आएपछि हाम्रो १ सय २० भोट आयो। काँग्रेस र एमाले ३० र ३७ मा झरे। हामी अहिले संसद्मा एक सिटे भए पनि चार वर्ष पछि ठूलो पार्टी हुन्छौं’, डा. भट्टराईले भनेका छन्।

प्रकाशित: ५ वैशाख २०७६ ०४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App