coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राजपा–फोरम एकता चिठीमै सीमित

काठमाडौं - राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजादी फोरम नेपालबीच भएको पाटी एकीकरण प्रयास चिठी आदानप्रदानमै सीमित भएको छ। अहिलेसम्म राजपा र फोरमले दुई–दुईपटक चिठी आदानप्रदान गरेका छन्। चिठी आदानप्रदान गर्नुबाहेक राजपा र फोरमका नेताहरूले औपचारिक वा अनौपचारिक कुराकानी गरेका छैनन्। पछिल्लोपटक राजपाले फोरमलाई चैत २६ मा चिठीको जवाफ पठाएको थियो, त्यसको प्रतिक्रिया फोरमले अहिलेसम्म फर्काएको छैन।

राजपाले फोरमलाई पछिल्लोपटक पठाएको चिठीमा वार्ता र संवादबाट जस्तोसुकै अवरोध पनि हट्ने विश्वास गर्दै दुई पार्टी एकीकरण प्रक्रिया चाँडै निष्कर्षमा पुग्ने विश्वास गरिएको छ। पार्टी एकीकरण गर्न दुवै पार्टीले छुट्टाछुट्टै वार्ता टोली गठन गरे पनि अहिलेसम्म संवाद र छलफल गरेका छैनन्। राजपाले गठन गरेको वार्ता टोलीका संयोजक राजेन्द्र महतोले पार्टी एकीकरण सम्बन्धमा फोरमसँग अहिलेसम्म्म एकपटक पनि औपचारिक÷अनौपचारिक कुराकानी नभएको स्वीकार गरे।

राजपासँग पार्टी एकीकरण प्रस्ताव सबैभन्दा पहिले संघीय फोरमले राखेको थियो। करिब दुई महिनाअघि फोरमले राजपालाई औपचारिक रूपमा चिठी पठाउँदै पार्टी एकीकरणका लागि प्रस्ताव गरेको थियो। करिब एक महिनासम्म फोरमको चिठीलाई राजपाले पूरै वेवास्ता ग¥यो। त्यसको करिब एक महिनापछि महेन्द्र यादव अध्यक्षमण्डलका संयोजक भएका बेला यादवले फोरमलाई चिठीको जवाफ पठाए।

जवाफमा घुमाउरो किसिमबाट उनले फोरमले सरकार छाड्नु पर्ने सर्त राखे। दुईतिहाइको सरकार बनाउन फोरमले नेपाल कम्युनिस्ट पार्टीलाई सहयोग गरेको भन्दै गुनासो पोखे। फोरमले सरकार छाडे वार्ताको वातावरण बन्ने उनले चिठीमा आसय पोखे।

राजपाको चिठी पाएलगत्तै फोरमले त्यसको जवाफ फर्कायो। सरकार छाड्ने नछाड्ने विषय आपसी सहमतिबाट टुंग्याउन सकिने जवाफ फोरमको थियो। फोरमको दोस्रो चिठीको जवाफ पनि राजपाले फर्काएको छ। चिठीमा दुवै पार्टीले एकीकरणका लागि तयार भएको बताएका छन्। स्रोतका अनुसार राजपालाई पठाएको चिठीमा फोरमले सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको कार्यशैलीको आलोचना गर्दे नेकपालाई यथास्थितिवादी पार्टी भनेको छ। साथै वैकल्पिक राजनीतिक शक्ति निमार्णको अभियानलाई पूणर्ता दिन दुई पार्टीवीच एकीकरण गर्न आवश्यक रहेको भनिएको छ। एकीकरणले देशको प्रतिकूल राजनीतिक सन्तुलनलाई अनकूल बनाउने जनाइएको छ।

राजपासँग एकीकरण गर्न फोरमले पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको छ भने राजपाले महतोको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको छ। फोरमले गठन गरेको वार्ता टोलीमा उपाध्यक्ष रकम चेम्जोङ, महासचिव रामसाह यादव, उपमहासचिव प्रकाश अधिकारी र सचिव इस्तियाक राई रहेका छन्। राजपाले गठन गरेको वार्ता टोलीमा विख्र्रेशचन्द्र लाल, केशव झा, सुनिल रोहित र रमेश यादव रहेका छन्। राजापले बाँकी एक सदस्य पछि मनोयन गर्ने जनाएको छ।

त्यसो त, फोरम र राजपाबीच चुनावअघि पनि पार्टी एकीकरण गर्न दुवै पार्टीका केही नेताहरूले अनौपचारिक कुराकानी गरेका थिए। तर त्यो कुराकानी सफल हुन सकेन। चुनावमा दुई पार्टी एकीकरण नभए पनि चुनाव पछि प्रदेश २ सरकारमा दुवै पार्टीले सहकार्य गरेका छन्। प्रदेश २ मा गरिएको सहकार्यले केन्द्रमा दुइ पार्टी एकीकरणकोलागि पनि वातावरण सिर्जना भएको फोरमका नेताहरू बताउँछन्।

प्रकाशित: ५ वैशाख २०७६ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App