७ वैशाख २०८१ शुक्रबार
समाज

बुटवलमा बन्दको प्रभाव, बिहानै सिलिण्डर ग्यास विस्फोट

बुटवल — प्रदेश ५ को अस्थाइ मुकाम रुपन्देहीमा विप्लव नेतृत्वको नेकपाले गरेकाे बन्दको प्रभाव बिहानै देखि परेको छ।  सार्वजनिक सवारीका साधन चलेका छैनन्।

बुटवल भैरहवा लगायतका बजार ठप्प छन्। सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थित भएपनि सर्बसाधारणको आवत जावत भने निकै पातलो छ। फाट्ट फुट्ट निजी सवारी साधन चलेका छन्। लामो तथा छोटो दुरीका सयौ सावारी साधन छुटने बुटवल बसपार्कको टिकट काउन्टर बन्द छ। स्कुल कलेजहरु बन्द छन्। उद्योग कलकारखानामा पनि हिजै छुट्टी दिइएको उद्योगीहरु बताउछन्। बन्दका कारण सर्वसाधारणले सास्ती भोग्नु परेको छ।

सडकमा बन्द कर्ता उपस्थिती नभएपनि बन्द सफल पार्ने उद्येश्यले ठाँउ ठाँउमा संकास्पद बस्तु  राखेर जनतालाइ तर्साउन खोजीएको प्रहरीले जनाएको छ। बुटवलको सृजना नगरमा एका बिहानै ४ बजेतिर सिलिण्डर ग्यास बिष्फोट गराइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए। डिएपी मल्लका अनुसार स्थानीयलाई तर्साउने उद्येश्यले बस्तीदेखि अली पर अज्ञात समूहले सिलीण्डर ग्यास पड्काएको हो। रुपन्देहीको कोटिहवा स्थित टाइगर प्यालेस होटल जाने बाटो र कञ्चन गाँउपालिका कार्यालयको अगाडि बोरामा शंकास्पद बस्तु देखेपछि केही बेर स्थानीय आत्तिएका थिए। तत्काल पुगेको प्रहरी टोलीले बोरामा इटा, माटो पराल भरेर राखीएको बताएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जिल्लाको अवस्था शान्तिपुर्ण रहेको बताए।

विप्लवको नेकपाले आफना नेता र्कायकर्ता पक्राउको बिरोधमा आज नेपाल बन्दको आह्वान गरेको हो। सरकारले प्रतिबन्ध लगाएपछि रुपन्देहीबाट विप्लवका जिल्ला, जनसरकार तथा शिक्षक संगठनका नेता सहित ९ जना पक्राउ परेका छन।

प्रकाशित: ५ वैशाख २०७६ ०३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App