coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बम डिस्पोज गर्ने क्रममा सेनाका नायक घाइते

कास्की - सडकमा राखिएको शंकास्पद वस्तु डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एक नायक घाइते भएका छन्। पोखराको नदीपुर स्थित प्रदेशसभा भवन गेट अगाडि राखिएको शंकास्पद वस्तु डिस्पोज गर्जे नेपाली सेनाका नायक धर्मबहादुर थापा घाइते भएका हुन्।

डिस्पोज गर्ने तयारी गर्दा सेनाकै बारुद  पड्किएर उनी घाइते भएका हुन्। उनको हातमा चोट लागेको कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए। उनको पोखराको एक अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: ५ वैशाख २०७६ ०३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App