विद्यालयमा मोबाइल प्रतिबन्ध

बिहिबार, ०५ बैशाख २०७६, ०८ : ५६ शिखरजंग श्रेष्ठ

सोलुखुम्बु - शैक्षिक गुणस्तर खस्किँदो विषयमा बहस भइरहेका बेला थुलुङ दुधकोसी गाउँपालिकाले शैक्षिक सुधारका लागि विद्यालय समयभित्र शिक्षक र विद्यार्थीलाई मोबाइल प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। सो गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष असिम राईको अध्यक्षतामा गत सोमबार बसेको बैठकले शैक्षिक गुणस्तर वृद्धिका लागि नयाँ शैक्षिक सत्रदेखि मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

कक्षाको ठामा विद्यार्थी र शिक्षकले अफलाइन भिडियो हेर्ने, गीत सुन्ने, मिलेसम्म मोबाइल गेम खेल्नेजस्ता क्रियाकलाप बढेको र त्यसले शिक्षण सिकाइमा प्रभाव पारेको ठहर गर्दै मोबाइल प्रयोगमा प्रतिबन्ध लगाइएको हो ।

विद्यार्थीले विद्यालय जाँदा मोबाइल साथमा लैजान र शिक्षकहरूले विद्यालय समयभित्र मोबाइल प्रयोग गर्न नपाइने गरी निर्णय गरिएको र कडाइका साथ लागू गर्न परिपत्रसमेत गरिएको अध्यक्ष राईले बताए। उनले भने, ‘कक्षाकोठामा विद्यार्थी र शिक्षकले अफलाइन भिडियो हेर्ने, गीत सुन्ने, मिलेसम्म मोबाइल गेम खेल्नेजस्ता क्रियाकलाप बढेको र त्यसले शिक्षण सिकाइमा प्रभाव पारेको ठहर गर्दै मोबाइल प्रयोगमा प्रतिबन्ध लगाएका हौं। यसले शैक्षिक सुधारमा सकारात्मक प्रभाव पार्नेमा विश्वस्त छौं।’ विद्यालयमा वैकल्पिक सम्पर्कका लागि आधिकारिक टेलिफोन सेवाको व्यवस्थापन गर्नसमेत पत्राचार गरिसकेको उनले बताए।

भर्ना अभियान चलिरहेको अवस्थामा तयारीका लागि पनि सहज हुने तरिकाले गरिएको निर्णयले शैक्षिक सुधारमा टेवा पु¥याउने सरोकारवालाले बताएका छन्। कांगेल आधारभूत विद्यालयका प्रधानाध्यापक लीलाराज बस्नेतले मोबाइलको सदुपयोगभन्दा दुरुपयोग बढेको अवस्थामा पठनपाठनमा परेको समस्यालाई निराकरणमा निर्णयले सहयोग पुग्ने बताए। ‘पठनपाठनको समयमा पनि मोबाइलमा च्याटिङ, एसएमएस, गेम, अफलाइन भिडियो हेर्नाले पढाइमा समस्या थियो,’ उनले भने, ‘कार्यान्वयनमा कडाइ भए सुधारको संकेत मिल्नेछ।’

वीरेन्द्रोदय माध्यमिक विद्यालय मुक्लिका प्रधानाध्यापक दिलकुमार राईले शिक्षा समितिको निर्णय स्वागतयोग्य भएको बताए। उनले शिक्षक र विद्यार्थीमा मोबाइलको प्रयोग बढिरहेको र शैक्षिक उपलब्धि धरापमा परेका बेला यो निर्णय कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे। उनले कडाइका साथ लागू गर्नेसमेत बताए।
बैठकले नयाँ शैक्षिक सत्रबाटै सबै विद्यालयमा पोसाक अनिवार्य गर्ने निर्णय गरेको छ। विद्यालयकै छनोटमा शिक्षक र विद्यार्थीले अनिवार्य पोसाक लगाउनुपर्ने निर्णय गरिएको अध्यक्ष राईले बताए। साथै, गाउँपालिकाले भर्ना अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न÷गराउनसमेत विद्यालयलाई निर्देशन जारी गरेको छ।

 

 





 


यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

नेपाली सहित करिब तीन सय मार्केटिङ कम्पनीहरुको सहभागिता रहेको ‘फ्लेम अवार्ड एसिया २०१९’ मुम्बईको शान्ताक्रुज होटेलमा हुने भएको छ ।

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। ...

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (NATTA ) र नेपाल क्लियरिङ्ग हाउस (NCHL) बीच NATTA का सदस्य ट्राभल एजेन्टहरु...