coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

साढे ५ हजार भूकम्पपीडित सम्पर्कमा आएनन्

काठमाडौं-भूकम्पलगत्तै पीडितको परिचय कार्ड बनाएका काठमाडौं उपत्यकाका साढे ५ हजार घरधुरी अहिले सरकारी सम्पर्कबाहिर छन् ।
निजी घर निर्माणअघि अनुदान वितरणका लागि भएको घरधुरी सर्वेक्षणका क्रममा उनीहरु सम्पर्कमा नआएका हुन् ।

केन्द्रीय तथ्यांक विभागले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा भूकम्पबाट क्षति भएका घर सर्वेक्षण गर्ने क्रममा विगतमा रातो कार्ड लिएका ५ हजार ४ सय ४७ घरधुरी सर्वेक्षणमा आउन नचाहेको देखिएको छ ।

भूकम्प अतिप्रभावित उपत्यकाबाहिरका ११ जिल्लामा विस्तृत घरधुरी सर्वेक्षण गरिएकोमा काठमाडौं उपत्यकामा ‘भेरिफिकेसन मोडल’ बाट पीडितका घर सर्वेक्षण गरिएको थियो । विभागका अनुसार उपत्यकाका १ लाख १५ हजार ६ सय ७१ घरधुरी अनुदान पाउन योग्य भेटिए ।

सरकारले भूकम्पलगत्तै उपत्यकाका तीन जिल्लामा १ लाख २१ हजार १ सय १८ पीडित परिवारलाई रातो कार्ड वितरण गरेको थियो ।
सर्वेक्षण क्रममा सम्पर्कमा नआउनेमध्ये केही परिवारले दुई वटा कार्ड लिएको, केहीले पीडित नभए पनि कार्ड बनाएको, केहीले अनुदान नलिने भन्दै सहभागी नभएको तथा कोही विदेश गएको पाइएको विभागले जनाएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले सर्वेक्षण क्रममा केही व्यक्ति छुटेको भए गुनासाका आधारमा पुनः अध्ययन गरी सहभागी गराइने जानकारी दिए । उनले सर्वेक्षण सकिएकाको हकमा छिट्टै अनुदान प्राप्त गर्न योग्य घरधनीको सूची प्रकाशन गर्दै अनुदान सम्झौता सुरु गर्ने बताए ।

‘रातो कार्ड बनाएका मध्ये विभिन्न कारण सर्वेक्षणमा सहभागी नहुने धेरै देखिएका छन्,’ उनले भने, ‘तीमध्ये केही सर्वेक्षणका क्रममा छुट्न गएको भए गुनासोमार्फत उनीहरुको समस्या समाधान गरिनेछ ।’ उनले सर्वेक्षणका क्रममा आएको तथ्यांकका आधारमा पूर्ण वा आंशिक क्षतीका आधारमा लाभग्राहीलाई अनुदान वितराण सुरु गरिने जानकारी दिए ।

सरकारले भूकम्पलगत्तै उपत्यकाका तीन जिल्लामा १ लाख २१ हजार १ सय १८ पीडित परिवारलाई रातो कार्ड वितरण गरेको थियो ।
सर्वेक्षण क्रममा सम्पर्कमा नआउनेमध्ये केही परिवारले दुई वटा कार्ड लिएको, केहीले पीडित नभए पनि कार्ड बनाएको, केहीले अनुदान नलिने भन्दै सहभागी नभएको तथा कोही विदेश गएको पाइएको विभागले जनाएको छ ।

प्रवक्ता थपलियाका अनुसार उपत्यकामा भन्दा पहिले नै विस्तृत घरधुरी सर्वेक्षण सकिएका अति प्रभावित ११ जिल्लामा अनुदान वितरणको काम अन्तिम चरणमा पुगिसकेको छ । ती जिल्लामा हालसम्म ४ लाख २० हजार ८ सय ८२ परिवारले पहिलो किस्ताबापतको ५० हजार रकम पाइसकेका छन् भने ४ लाख ६३ हजार २ सय ७६ परिवारसँग अनुदान सम्झौता भइसकेको छ ।

विस्तृत घुरधुरी सर्वेक्षण सकिएका ११ जिल्ला गोरखा, रसुवा, धादिङ, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, रामेछाप, दोलखा, ओखलढुंगा, मकवानपुर र सिन्धुलीका ५ लाख ३३ हजार १ सय ५५ पीडित परिवारलाई अनुदान वितरण गर्नुपर्ने तथ्यांक छ । बाँकी परिवारलाई क्रमशः अनुदान वितरण भइरहेको उनले जानकारी दिए ।

‘उपत्यकाबाहिरको अनुदान वितरण सकिएलगत्तै तिहारपछि उपत्यकामा वितरण अगाडि बढाइनेछ,’ उनले भने, ‘बाँकी १७ जिल्लामा पनि सर्वेक्षण अगाडि बढाउने तयारी भएको छ ।’

सरकारले दसैंअघि नै ११ जिल्लाका सबै परिवारलाई पहिलो किस्ता वितरण गरिसक्ने लक्ष्य लिएको थियो तर विभिन्न प्राविधिक समस्या देखिएपछि अनुदान वितरण सुस्त हुन पुगेको थियो । प्रधानमन्त्री नियक्त भएलगत्तै साउन २० गते पुष्पकमल दाहालले भूकम्पपीडितलाई ४५ दिनभित्र पहिलो किस्ताको ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउन निर्देशन दिएका थिए । ४५ दिनको समयसीमा असोज २ गते नै सकिए पनि अझै १ लाख १० हजारभन्दा बढी पीडित परिवारले पहिलो किस्ताको रकम पाउन सकेका छैनन् ।

बुधबार साँझसम्मको तथ्यांकअनुसार अहिलेसम्म सबैभन्दा धेरै सिन्धुपाल्चोकका ७२ हजार २ सय ८९ परिवारले पहिलो किस्ता पाएका छन् । सिन्धुपाल्चोकमा ७८ हजार ५ सय ३७ परिवार अनुदान पाउने सूचीमा छन् ।

सबैभन्दा कम रसुवाका ८ हजार १ सय ६३ परिवारले पहिलो किस्ता पाएका छन् ।

प्रकाशित: ४ कार्तिक २०७३ ०२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App