coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

मुक्तिनाथ विकास बैंकको सहकार्य

काठमाडौं – मुक्तिनाथ विकास बैंकले कृषि क्षेत्रमा लगानी विस्तारको लागि मुक्तिनाथ कृषि कम्पनीसँग सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले हस्ताक्षर गरेका छन् ।

बैंकले १२ वर्षदेखि ग्रामीण भेगमा समेत सबै वर्गका नागरिकलाई समावेशी वित्तीय सेवा प्रदान गर्दै आइरहेको र कृषि पेसामा निर्भर किसानलाई वित्तीय सेवाका अतिरिक्त कृषिसम्बन्धी व्यवस्थापन गर्न आवश्यक देखिएकोले कम्पनीसँग सहकार्य गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।

कृषि कम्पनी कृषिलाई मुख्य पेसाको रुपमा अंगालेका कृषकलाई प्रत्यक्ष तथा कृषि सहकारीमार्फत पनि गैरवित्तीय सेवा (बीउविजन, मल, उपकरण, औजार, प्रविधि तथा क्षमता विकास र बजारीकरण सेवा) प्रदान गर्ने उद्देश्यले ४० करोड जारी पुँजीमा स्थापना भएको पब्लिक लिमिटेड

कम्पनी हो ।
सम्झौताअनुसार उक्त बैंकका ग्राहक सदस्यलाई कृषिमा आधारित उद्यम, व्यवसाय गर्न आवश्यक पर्ने मल, बीउविजन, उपकरण र प्राविधिक ज्ञान समेत प्रदान गरी ग्राहक सदस्यबाट उत्पादित कृषि उत्पादनलाई बजारको ग्यारेन्टी कृषि कम्पनीले गर्नेछ ।

प्रकाशित: ५ वैशाख २०७६ ०३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App