coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ट्रकको ठक्करबाट बसमा सवार ३ को मृत्यु, १३ घाइते

सिरहा-पूर्व पश्चिम राजमार्गको मिर्चैया-६ मा बुधबार राती ट्रकले यात्रु बस लाई ठक्कर दिदाँ बसमा सवार ३ जनाको मृत्यु भएको छ । बसमा सवार १३ जना घाइते भएका छन्।

ना ५ ख ४८८९ नम्बरको यात्रु बसलाई ना ३ ख ४१३० नम्बरको ट्रकले राती १२ बजे तिर ठक्कर दिएको थियो । ठक्करबाट बसमा सवार भारत सिक्कीम ग्यान्टोक बस्ने ३३ बर्षिय पायल अग्रवाल, सोही ठाउँका ३० बर्षिय विन्दीया गुरुङ्ग र जिल्ला पाँचथर रवी-६ बस्ने ३५ बर्षिया ननुका राईको घटनास्थलमै मृत्यु भएको इलाक़ा प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

ठक्करबाट बसमा सवार भारत सिक्कीम ग्यान्टोक बस्ने ३३ बर्षिय पायल अग्रवाल, सोही ठाउँका ३० बर्षिय विन्दीया गुरुङ्ग र जिल्ला पाँचथर रवी-६ बस्ने ३५ बर्षिया ननुका राईको घटनास्थलमै मृत्यु भएको इलाक़ा प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

काठमाण्डौ बस्ने अनुका थापा, सोही ठाउँका विरु खरेल, सुमन, सोडिया थापा, सर्डियस क्षेत्री, सरोज थापा, जिल्ला संखुवासभा धुपु–५ बस्ने दिलु कलाखेती , जिल्ला ईलाम आमचौक–३ बस्ने कसीस क्षेत्री, पशुपतिनगर–५ बस्ने लाक्पा तामाङ जिल्ला बारा सिमरा बस्ने हिरा कार्की, सोही ठाउँका अदिति कार्की, कृष्ण बहादुर कार्की, र जिल्ला पाँचथर रवि–५ बस्ने मनोज राई, घाइते भएका छन्।

घाइतेमध्ये अनुका थापा, विरु खरेल, सुमन र सोडिया थापालाई थप उपचारकोलागी न्युरो अस्पताल विराटनगर पठाइएको मिर्चैया प्रहरीले जनाएको छ । बाँक़ी घाइतेको मिर्चैया को रेखा नर्सिङ्ग होममा उपचार भईरहेको छ।

ठक्कर दिने ट्रकका चालक मकवानपुर जिल्ला हेटौडा-३ बस्ने फडेन्द्र राजपुरीलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको छ भने बसका चालक फरार रहेकाले खोजीकार्य भइरहेको डीएसपी श्यामसिंह चौधरीले बताए।

प्रकाशित: ४ कार्तिक २०७३ ०२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App