७ वैशाख २०८१ शुक्रबार
राजनीति

विपदमा देशवासी एक भएर लाग्नुपर्छ : उपसभापति निधि

बारा - नेपाली कांगे्रसका उपसभापति विमलेन्द्र निधिले विपत्तिका वेला दल र सरकारको मुख ताक्नुभन्दा सबै क्षेत्रका मानिसले सहयोग गर्नुपर्ने सुझाव दिएका छन्। 

चैत १७ गते बारा र पर्सामा आएको विनासकारी हावाहुरी प्रभावितलाई सहयोग गर्न बाराको सिमरामा आयोजना गरिएको प्रदेशस्तरीय कार्यक्रममा नेता निधिले सरकार भनेको पार्टीको प्रतिनिधित्व र राज्य भनेको सरकार र प्रतिपक्ष दुवै भएको बताए। बारा, पर्सामा आएको हुरीपीडितलाई सबैले मिलेर सहयोग गर्न पनि सबैसमक्ष आग्रह पनि गरे। 

हावाहुरीले क्षति गरेको भौतिक संरचनाको पुर्निनर्माणमा संघीय र प्रदेश सरकारबीच मतभेद देखिएको उनले बताए।

हावाहुरीमा क्षति भएको भौतिक संरचनाको पुर्ननिर्माण गर्न प्रदेश सरकार इच्छुक रहेका बेलामा संघीय सरकारले नेपाली सेनालाई जिम्मा दिएको प्रति प्रदेश सरकार असन्तुष्ट बनेको निधिको बुझाइ थियो। 

४१ लाख सहयोग  

बाराको हावाहुरी पीडितलाई सहयोग गर्न नेपाली कांग्रेसबाट प्राप्त ४१ लाख रकमलाई कांग्रेस बारा सभापति जयचन्द चौरसियाको जिम्मा लगाइएको छ।

कांग्रेसको केन्द्रीय कार्यालयबाट प्राप्त २५ लाख, महेन्द्रनारायण निधि प्रतिष्ठानको तर्फबाट दुई लाख, सांसद तथा नगर प्रतिनिधि र सभापतिबाट गरी कुल ४१ लाख रुपैयाँ संकलित रकम पुनःनिर्माणका लागि प्रदेश राहत कोषमा जम्मा गरिने कांग्रेस बारा सभापति जयचन्द्र चौरसियाले बताए।

 

प्रकाशित: ४ वैशाख २०७६ १३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App