coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बारामा हुरी पीडितका लागि स्वास्थ्य शिविर, बालबालिकालाई शैक्षिक सामग्री

बारा– बाराको हुरी प्रभावित क्षेत्रमा शैक्षिक सामग्री वितरण तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। मजोङ्ग फाउण्डेसन तथा वरिष्ठ साहित्यकार डा. रवीन्द्र पाण्डेको सहयोग र जीएचआरडीको आयोजनामा मंगलवार बाराको फेटा गाउँपालिका २ मा पीडितहरुको स्वास्थ्य जाँच तथा औषधि वितरण र बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो।  

चैत १७ गते आएको विनाशकारी हावाहुरीबाट प्रभावित बालबालिकाहरुका लागि आयोजित उक्त कार्यक्रमको संयोजन जीएचआरडी नेपालका प्रमुख सुरज भट्टराईले गरेका थिए। वीरगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख शान्ति सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष जयप्रकाश दास तथा अधिकारकर्मी राजेश रौनियारले समन्वय गरेका थिए। 

शैक्षिक सामग्री वितरण पश्चात पर्साका अभिषेक तिवारीको नेतृत्वमा काठमाडौं मेडिकल कलेजका चिकित्सकहरु एयाक्टिभ अधिकारी, अभिनिश मिश्र, सुकोमल भट्टराई, महिला स्वयम्सेविका कल्पना शाहबाट विमारी तथा घाइतेहरूको स्वास्थ्य जाँच एवं औषधि वितरण भएको थियो। 

उक्त कार्यक्रमलाई वीर गणेशमान सिंह फाउन्डेसन, सिएसी नेपाल, रियो, नेपाल होष्टल एशोसिएशन, शिखर युवा क्लब लगायत संस्थाहरुबाट सहयोग‌ रहको थियो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App