coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चट्याङ लागेर उदयपुरमा १ को मृत्य, ५ जना घाइते

मंगलबार रातिको हावाहुरीले भत्काएको गाईघाट बसपार्क छेउको घर।

उदयपुर - गएराति आएको हावाहुरी र वर्षासँगै परेको चट्याङले उदयपुरमा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। हावाले सदरमुकाम गाईघाटलगायत विभिन्न ठाउँका कैयौंको घर टहराको छानो उडाउनुका साथै कृषि तथा फलफूलमा व्यापक क्षति पु-याएको छ।

गएराति परेको चट्याङले कटारी नगरपालिका ८ की ३७ वर्षीया कालीमाया आलेमगरको मृत्यु भएको छ भने उनकै परिवारका श्रीमान् र छोराछोरीसहित ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

चट्याङ लागेर मृत्यु भएकी मगरको लास पोष्टमार्टमका लागि कटारी ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए। अन्य घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले बताए। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आधादर्जन बढीको घर टहरा उडाउनुका साथै लाखौंको कृषि व्यवसायमा क्षति पुगेको छ। हावाहुरीबाट विद्युत जिल्लाका कतिपय ठाउँमा विद्युत् अवरुद्ध हुन पुगेको छ। तत्काल पीडितको उद्धार गर्न प्रहरी टोली खटाउन कठिनाइ भएको प्रहरीले जनाएको छ। 

अवरुद्ध विद्युत बुधबार दिउँसो १ः०० बजेदेखि मात्र सुचारु भएको छ। हावाहुरीले ठाउँ ठाउँका पोल ढालेर तार चुँडाएको खबर आए पनि प्राधिकरणबाट तत्काल मर्मत टोली नखट्दा समस्या आएको थियो।

 

 

प्रकाशित: ४ वैशाख २०७६ ११:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App