coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिरहा अस्पतालमा औषधिको चरम अभाव

सिरहा– जिल्ला अस्पताल सिरहामा औषधिको चरम आभाव भएको छ।

विगत एक वर्षदेखि औषधिको आपूर्ति हुन नसक्दा जिल्ला अस्पतालमा औषधिको चरम अभाव भएको हो। कूल ५० शैयाको उक्त अस्पतालमा हाल कुनै पनि औषधि नरहेको अस्पतालले जनाएको छ। जिल्ला अस्पतालबाट ७० प्रकारको औषधि निःशुल्क वितरण गर्ने व्यवस्था छ।

निःशुल्क वितरण गर्ने भनिए पनि जिल्ला अस्पताल सिरहामा अहिले कुनै प्रकारको औषधि नरहेको अस्पतालका अस्पतालका मेडिकल सुपरीटेण्डन्ट नागेन्द्र यादवले जानकारी दिए। उनका अनुसार अस्पतालमा एक वर्षदेखि औषधिको आपूर्ति हुन सकेको छैन्। अस्पतालमा आवश्यक औषधि नहुँदा बिरामी निजी क्लिनिकबाट चर्काे मूल्यमा औषधि खरीद गर्न बाध्य छन्।

औषधिको अभाव भएको बारेमा पटक/पटक सम्बन्धित निकायमा जानकारी गराउँदा आपूर्ति नभएको गुनासो गरे। सङ्घीय व्यवस्थाअनुसार नगरपालिका कार्यालयले औषधि खरीद गरी अस्पताललाई औषधि उपलब्ध गराउनुपर्ने भए पनि नगरपालिका यसतर्फ गम्भीर नभएको मेसु यादवको भनाइ छ। रासस

प्रकाशित: ४ वैशाख २०७६ ०६:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App