७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

हावाहुरीका कारण भारतमा ४१ को मृत्यु

तस्बिरः एजेन्सी

नयाँ दिल्ली - भारतका विभिन्न ठाउँमा आएको हावाहुरीका कारण ४० जनाभन्दा बढीको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार गुजरात, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, झारखण्ड, हिमाचल, हरियाणा तथा नयाँ दिल्लीमा हावाहुरीसँगै भीषण वर्षा भएको हो। हावाहुरी र वर्षाले बिद्युतका पोलहरु ढलेका छन्।

हावाहुरीको असर गुजरात, राजस्थान र मध्यप्रदेशमा बढी परेको छ। यि राज्यमा मात्रै ३४ जनाको मृत्यु भएको छ। भारतीय मौसम विभागले बिहीबारसम्म मौसम यस्तै रहने जनाएको छ।

यता प्रधानमन्त्री नरेन्द्र मोदीले प्रभावित सबै राज्यमा उद्दार कार्यलाई तीब्रता दिन निर्देशन दिएका छन्। उनले ट्वीटरमार्फत मृतकका परिवारलाई २ लाख र घाइतेलाई प्रतिब्यक्ति ५० हजार सहयोगको घोषणासमेत गरेका छन्। उक्त हावाहुरीबाट ५० जनाभन्दा बढी घाइते भएका छन्।

प्रकाशित: ४ वैशाख २०७६ ०६:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App