८ वैशाख २०८१ शनिबार
राजनीति

लाेकमानविरूद्ध महाअभियाेग प्रस्ताव दर्ता

अख्तियार प्रमुख कार्की

काठमाडौं-  पद तथा शक्तिकाे दुरूपयाेग गरी संवैधानिक निकाय बद्नाम गराउने कार्यमा संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएकाे छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १ सय ५७ सांसदले बुधबार संसदमा महाअभियाेग प्रस्ताव दर्ता गरेका हुन्।

सो प्रस्तावकाे प्रस्तावक नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र शाही रहेका छन् भने एमालेका प्रमुख सचेतक भानुभक्त ढकालको समर्थन रहेका छन्।

‘नेकपा एमालेका १ सय ७ र नेकपा माओवादी केन्द्रका ५० गरी १ सय ५७ जना सांसदले आज महाअभियोग प्रस्ताव संसदमा दर्ता गरेका छौं,’ ढकालले नागरिकसँग भने, ‘अन्य राजनीतिक दलहरुसँग समेत छलफल जारी रहेकाले संख्या थपिने छ।’

संविधानको धारा १ सय १ को उपधारा २ बमोजिम कार्कीविरुद्ध संसद सचिवालयका प्रस्ताव दर्ता गरिएको ढकालले बताए। सो प्रस्तावमा कार्कीले पदीय मर्यादानुसार र संविधानअनुसार काम नगरेको, अनियमिमतमा संलग्न भएको महाअभियोग प्रस्तावमा उल्लेख छ।

संसदमा अाजै कार्कीविरूद्ध महाअभियाेग समिति गठन भएकाे थियाे।

संविधानअनुसार याेग्यता नपुगेका कार्कीलाइ भारतीय खुफिया एजेन्सी 'र' काे चलखेलमा कांग्रेस, एमाले र माअाेवादीका शीर्ष नेताहरूले अख्तियार प्रमुख सिफारिश गरेका थिए। प्रमुखमा नियुक्त भएदेखि नै उनले कार्यक्षेत्र उल्लंघन गर्दै संवैधानिक निकाय अख्तियारकाे मानमर्दन गर्ने, व्यक्तिगत प्रतिशाेध लिन कारवाही अघि बढाउने एवं सन्देहपूर्ण काम गर्दै अाएका थिए। प्राज्ञिक निकाय काठमाडाैं विश्वविद्यालयकाे एमएडी/एमएसकाे परीक्षा समेत अख्तियारले गराएकाे थियाे। अख्तियारले गराएकाे साे परीक्षामा अाैसत पढाइ भएका प्रश्नपत्र सेट गर्ने तथा परीक्षा सञ्चालन गर्ने व्यक्तिका छाेराछाेरीले सबैभन्दा अघिल्लाे पंक्तिमा नाम निकालेका थिए।

शाही शासनका मुख्य सचिव कार्कीलाइ रायमाझी अायाेगले पद, सत्ता र शक्तिकाे दुरूपयाेग गरी जनअान्दाेलन २ दमन गरेकाे भन्दै दाेषी ठहर गरेकाे थियाे। त्यसपछि गुमनाम बनेका उनी भारतीय बाबा र स्वामीमार्फत् खुफिया एजेन्सीसम्म हिमचिम बढाउन सफल बनेका थिए। तत्काली खिलराज रेग्मी सरकारका पालामा कार्कीकाे नियुक्ति हुँदा बाबुराम भट्टराइ सहितका नेताहरूले कार्कीकाे अालाेचना गर्नु नहुने भन्दै बचाउ गरेका थिए।

प्रकाशित: ३ कार्तिक २०७३ १५:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App