coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बँदेल आक्रमणबाट आठ जना घाइते

सर्लाही - सर्लाहीको चक्रघट्टा गाउँपालिकामा बँदेलको आक्रमणबाट ८ जना घाइते भएका छन्। गाउँपालिका वडा नं। ७ सगरदिना टोला निवासी ६० वर्षीय रामइश्वर राय, १४ वर्षीय मनिषकुमार महतो, १५ वर्षीय सञ्जय साह, ४५ वर्षीय राजेन्द्र राम, ६५ वर्षीय भुइल महतो, ३० वर्षीय सुजित महतो, रामनरेश महतो र वडा नं। ८ औरहीका राम नरेश राय बँदेलको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मकै खेतमा पसेको बँदेललाई लखेट्न खोज्दा बँदेलले आक्रमण गरेको थियो। छेउको चौरमा क्रिकेट खेल्दै गरेका युवाले लखेट्ने क्रममा बँदेलले उनीहरुलाई आक्रमण गरेपछि सहयोगका लागि गएका अन्य पनि आक्रमणमा परेका थिए। घाइतेको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ४ वैशाख २०७६ ०३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App